माफी माग्दै रामदेवले भने : डाक्टर ईश्वरका रूप, म पनि लगाउँछु खोप


विचार
आयाेमेल संवाददाता
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

स्वास्थ्य मन्त्रालयले नेपालमा ‘कोरोना रिटर्न्स २’ को प्रमुख जिम्मेवार कोरोना

आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु


योगगुरु रामदेवले कोरोनाविरुद्धको खोप लगाउने बताएका छन्। केही दिनअघिमात्र एलोपेथी र डाक्टरसँग सम्बन्धित रहेको विवादास्पद अभिव्यक्ति दिएर आलोचित भएका रामदेवले भ्याक्सिन केही दिनभित्रै लगाउने योजना बनाएको बताए।

भारतीय समाचार संस्था पिटिआइका अनुसार गत बिहीबार रामदेवले आफ्नो विरोधाभाषपूर्ण अभिव्यक्त सच्याउँदै डाक्टरलाई धरतीमा रहेका ईश्वरका रुप भएको बताए।

प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुन २१ तारिखदेखि सबैलाई निशुल्क खोप दिन गरेको घोषणाको स्वागत गर्दै उनले यसलाई ऐतिहासिक कदमको संज्ञा दिए। रामदेवले सबैलाई खोप लगाउन अपिलसमेत गरे। उनले आफू स्वयं लगाउने घोषणा पनि गरे।

हरिद्वारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘खोपको दुवै डोज लगाएर तपाईहरु योग र आयुर्वेदको साथ कोरोनाविरुद्धको लडाइँमा दुईगुणा बढी सुरक्षा पाउनु हुनेछ। यो दुवै मिलेर तपाईहरुलाई बलियो सुरक्षा कवच प्रदान गर्ने छ। त्यसपछि, कसैले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु पर्ने छैन।’

उनले भारतीय मेडिकल एसोसियसनसँगको विवादबारे भने, ‘म कुनैपनि संस्थासँग विवाद राख्न चाहन्न। म यो पद्धतिको विरोध गरिरहेको छैन तर, औषधीका नाममा गरिब बिरामीमाथि भइरहेको शोषणको विपक्षमा म छु।’

उनले डाक्टरले सस्तो जेनेरिक औषधी दिनुपर्ने ठाउँमा महंगो औषधी दिने गरेको आरोप लगाए। तसर्थ बढी संख्यामा प्रधानमन्त्री जन औषधी केन्द्र खोल्नुपर्ने उनले बताए।

रामदेवले यसअघि डाक्टर र एलोपेथी उपचार पद्धतिमाथि प्रश्न उठाएका थिए। उनले एलोपेथीकै कारण लाखौं बिरामीले ज्यान गुमाउनु परेको भन्दै यसलाई स्टुपिडको संज्ञा दिएका थिए। उनले योग र आयुर्वेदकै कारण डाक्टरहरु सुरक्षित भएका र कोरोना भ्याक्सिनको आवश्यकता नरहेको बताएका थिए। यसको एसोसियसनले विरोध गरेको थियो। रामदेवको यस भनाइले कोरोना महामारीमा दिनरात खटिएका चिकित्सकको मनोबल गिराउने काम भएको एसोसियसनले आरोप लगाएको थियो। त्यसपछि रामदेवले माफी मागेका हुन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

स्वास्थ्य मन्त्रालयले नेपालमा ‘कोरोना रिटर्न्स २’ को प्रमुख जिम्मेवार कोरोना भाइरसको डेल्टा भेरिएन्ट (B.१.६१७.२) नै रहेको जानकारी सार्वजनिक गरेको छ।

भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप