विश्वकप छनोटमा बलियो टोली अष्ट्रेलियाको सामना गर्दै नेपाल


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं – नेपाली राष्ट्रिय टिमले आज विश्वकप तथा एसियाकप छनोटको अन्तिम खेलमा बलियो टोली अस्ट्रेलियाको सामना गर्दै छ। खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुने छ। विश्वकप छनोटबाट बाहिरिसकेको नेपालका लागि एसियन कपको अर्को चरणमा यात्रा तय गर्नका लागि भने अझैं गणीतिय सम्भावना बाँकी छ। तर, कठिन छ।

अष्ट्रेलिया फिफा वरियतामा नेपालभन्दा १३० स्थानमाथि रहेको टोली हो। फिफा बरियतामा ४१ औं स्थानमा रहेको अष्ट्रेलिया समूह ‘बी’ का खेलमा शतप्रतिशत जित निकाल्दै १८ अंकसहित शीर्ष स्थानमा छ।

एसियन कप २०१५ को च्याम्पियन टोली पनि हो, अस्ट्रेलिया। अस्ट्रेलियाले पछिल्ला चार विश्वकपमा लगातार सहभागिता जनाइसकेको छ।

यसअघिको खेलमा नेपालले अस्ट्रेलियासँग ५–० को हार बेहोरेको थियो।

नेपालले यसअघिका खेलमा चाइनिज ताइपेई माथि २–० को जित निकालेको थियो भने जोर्डनसँग ३–० को हार बेहोरेको थियो।

नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्धको खेलमा नतिजाभन्दा पनि राम्रो प्रदर्शनलाई ध्यान दिने बताएका छन्। प्रि–म्याच प्रेस कन्फ्रेन्समा बिहीबार बोल्दै उनले आफूहरुले अर्को राम्रो प्रदर्शनको अपेक्षासहित खेल्न लागेको बताएका थिए। उनले आफूहरुको मुख्य लक्ष्य सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिप भएको बताउँदै टोलीमा रहेका डेब्यू गर्न बाँकी खेलाडीलाई अस्ट्रेलियासँगको खेलमा अवसर दिने संकेत गरे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको