चौधरी फाउण्डेसनले वीर अस्पतालमा बनायो १८ शय्याको आइसियु वार्ड


विचार
आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको


काठमाडौं – चौधरी फाउण्डेसनले देशकै जेठो वीर अस्पतालमा आइसियु वार्ड स्थापना गरि अस्पताललाई हस्तान्तरण गरेको छ। कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पु¥याउन फाउण्डेसनले वीर अस्पतालमा आइसियु वार्ड निर्माण गरेको जनाएको छ।

चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमबीच कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी प्रा.डा.जागेश्वर गौतमलाई आइसियु वार्ड हस्तान्तरण गरेका हुन्।

वीर अस्पतालको नयाँ भवनको पहिलो तलामा नौं शय्या र दोस्रो तलामा नौं शय्याकोगरि कुल १८ शय्याको आइसियु वार्ड निर्माण भएको छ। विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर आइसियु वार्ड निर्माण गरिएको छ।

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आइसियु वार्ड स्थापना गरि सम्पूर्ण नेपालीको सेवामा समर्पित गरिएको बताए।

‘कोरोनाबाट संक्रमित नेपाली नागरिकको जीवनरक्षा गर्नु अहिले हाम्रो सबैभन्दा महत्वपूर्ण दायित्व हो। यसकालागि सम्पूर्ण नेपाली नागरिकको पहुँच रहेको अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्ने जिम्मेवारी हामीले बोध ग¥यौँ। र, आइसियु वार्ड स्थापना गर्न वीर अस्पताललाई छान्नुको उद्देश्य पनि यहि नै हो’, अध्यक्ष चौधरीले भने, ‘कोरोना महामारीसँग हामी जुधिरहेको बेला प्रत्येक नेपाली नागरिकको जीवन उत्तिकै महत्वपूर्ण छ भन्ने कुरालाई हामीले विर्सिनु हँुदैन। त्यसका लागि वीर अस्पतालजस्ता सार्वजनिक अस्पतालहरूको सेवा र पहुँच विस्तार गरिनु आवस्यक हुन्छ।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का उपकुलपति प्रा. डा. देव नारायण शाहले कोभिड महामारीको संवेदनशिल समयमा वीर अस्पतालमा १८ शय्याको आइसियु वार्ड निर्माणमा योगदान गरेर चौधरी फाउण्डेसनले समाजसेवामा उत्कृष्ट भूमिका निर्वाह गरेको बताए।

कोभिड युनिफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी प्रा.डा. जागेश्वर गौतमले कोरोना महामारीसँग जुध्न चौधरी फाउण्डेसनले पु¥याएको योगदानका लागि धन्यवाद दिँदै यसले आम नेपालीको उपचारमा ठूलो सहयोग पुग्ने बताए।

चौधरी फाउण्डेसनले गतवर्ष पनि कोरोनाको पहिलो लहरमा भेन्टिलेटर, पिसिआर रिएजेन्टदेखि पिपिई र स्वास्थ्य सामाग्री देशभरका अस्पतालहरूमा उपलब्ध गराएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले