सञ्चारमन्त्रीको पहिलो निर्णय–साइबर सुरक्षा नीति अध्ययन गर्न कार्यदल


विचार
आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत


काठमाडौं–नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न कार्यदल बनाउने पहिलो निर्णय गरेकी छन्। मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा कार्यदल बनाइने भएको हो। मन्त्रालयमा बिहीबार पदभार ग्रहण गर्दै मन्त्री थापाले सञ्चार र सूचना प्रविधिको विकासविना अन्य क्षेत्रको विकास गर्न समस्या हुने भएकाले यस क्षेत्रलाई गम्भीरतापूर्वक लिएर काम गर्न कर्मचारीलाई निर्देशन दिइन्।

एक अर्कालाई सहयोग गर्दै कमजोरी सुधार गरेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने मन्त्री थापाको भनाइ थियो। उनले पूर्वसञ्चारमन्त्रीले बनाएका सही कार्ययोजनालाई लिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाइन्।

उनले सरकार र सरकारका योजना सफल बनाउँदै नेपाललाई नयाँ युगमा लैजानका लागि ‘डिजिटल नेपाल’ को आकांक्षा लिइएको बताउँदै भनिन्, ‘आजको सूचना, सञ्चार, प्रविधिको दुनियाँमा सञ्चार मन्त्रालय अतिसंवेदनशील मन्त्रालयभित्र पर्छ, यसले सम्पूर्ण राष्ट्रिय सुरक्षाको गहन जिम्मेवारी लिएको हुन्छ, जनता र सरकारको बीचको संवाद, सूचना आदानप्रदान, सूचना प्रवाह गर्ने र सुसूचित गर्न, जनचेतना प्रवाह गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ।’

त्यसअवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपालको सपना पूरा गर्ने उद्देश्यले मन्त्रालयले नागरिक एप कार्यान्वयनमा ल्याउनाका साथै सबै स्थानीय तहमा इन्टरनेट सेवा पुर्‍याउने योजना कार्यान्वयन गरिरहेको मन्त्रीसमक्ष जानकारी गराए। उनले पत्रकारका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, प्रेस पासलाई आधुनिकीकरण गर्ने र विज्ञापन प्रणालीलाई एकद्वार प्रणालीमा लैजानेलगायत मन्त्रालयका आगामी योजना सुनाए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले