नागरिकता अध्यादेशमाथि सर्वोच्चको ‘ओजिलो’ आदेश

अध्यादेशबाट शासन चलाउन खोजिरहेको ओली सरकारमाथि लगाम


विचार
आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको

आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम


सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै संसद छलेर अध्यादेशबाट शासन चलाउन खोजिरहेको सरकारमाथि लगाम लगाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले मुद्दा किनारा नलागेसम्म अध्यादेश कार्यान्वयन नगर्नु/नगराउनु भनि बिहीबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

आदेशमा सर्वोच्चले संविधानमा भएको अध्यादेशसम्बन्धी व्यवस्था र सरकारले ल्याएको अध्यादेशको विषयलाई निकै महत्वका साथ अर्थ्याएको पनि छ।

कानुन निर्माण गर्ने अधिकार विधायिकामा निहित रहेको भन्दै सर्वोच्चले संसद नचलेको अवस्थामा अध्यादेश ल्याउन पाउने संवैधानिक प्रावधान रहे पनि अध्यादेश जारी गर्ने कुराका सीमा अनि बन्देजहरु रहेको र ती सीमा बन्देज नाघेर अध्यादेश जारी गर्न नमिल्ने भनिदिएको छ।

‘शासकीय सुविधा र अमुक राजनीतिक उद्देश्य प्राप्तीका लागि विधायिकी (संसद)लाई छलेर अध्यादेश जारी गर्दा त्यसबाट विधायिकाको अधिकार र प्रभावकारितामा अनुचित हस्तक्षेप गरेको अवस्था पैदा हुन सक्दछ,’ आदेशमा अगाडि भनिएको छ, ‘विधायिकालाई छल्ने उद्देश्यले जारि गरिएको अध्यादेशलाई छद्म विधायन (कोलोरेबल लेजिसलेसन) मानिन्छ र त्यस प्रकारको अध्यादेशले संवैधानिक वैधता प्राप्त गर्न सक्दैन भन्ने कानूनी सिद्धान्त रहीआएको छ।’

नागरिकता दिने सम्बन्धमा नीतिगत व्यवस्था गर्ने विषय महत्वपूर्ण र संवेदनशील कुरा हुने भन्दै सर्वोच्चले कुनै नयाँ विषय थप गर्नु पर्ने वा भैरहेको ऐनको प्रवाधानमा परिवर्तन गर्नुपर्ने भएको अवस्थामा त्यस्तो विषय व्यवस्थापिकाबाट निर्मित कानूनकै आधारमा नियमन र व्यवस्थित गरिनु बाञ्छनीय हुने जिकीरसमेत गरेको छ।

तीन वर्षअघि अगाडिदेखि संसदमा विचाराधीन रहेको र पारित गर्ने वा नगर्ने सम्बन्धमा कुनै पनि निर्णय भइनसकेको विधेयक अहिले के कारण ‘तत्काल’ आवश्यक परेर अध्यादेशबाट जारी गर्नु परेको हो? भन्ने सम्बन्धमा पनि सरकारपक्षबाट कुनै चित्तबुझ्दो जवाफ नआएको आदेशमा उल्लेख गरेको छ।

जेठ ८ गते प्रतिनिधिसभा विघटन गरिएको र त्यसको भोलिपल्ट नै विवादित अध्यादेश जारी गरिएको भन्दै सर्वोच्चले भनेको छ, ‘अघिल्लो दिन संसदको प्रतिनिधिसभा विघटन भएको र लगत्तै भोलिपल्ट अध्यादेश जारी गरिएको देखिँदा यस प्रकारको अभ्यासलाई सहज, सामान्य वा नियमित अभ्यासको रुपमा  लिइयो भने संविधानद्वारा प्रदत्त विधायिकाको अधिकार वा कार्यक्षेत्रमा हस्तक्षेप हुन पुग्ने र शक्तिपृथकीकरणको सिद्धान्त अनुकूल व्यवस्थित संविधानका प्रावधानहरुको प्रयोग वा कार्यान्वयनमा अनुचित असर पर्न जाने समेत देखिन्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।

अध्यादेश तुरुन्तै कार्यान्वयनमा गइसकेकाले यो बीचमा धेरैले नागरिकता लिइसकेका छन्। तर सर्वोच्चले संसदबाट अध्यादेश पारित हुन नसकेमा वा खारेज भएमा अध्यादेशबमोजिम वितरित नागरिकताका सम्बन्धमा कानूनी जटिलता पैदा हुने तर्फ पनि चिन्ता व्यक्त गरेको छ।

‘यस प्रकारको विषयमा संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाट नै आवश्यक व्यवस्था मिलाउनु उपयुक्त हुन्छ। यो नै कानून निर्माणको नियमित संवेधानिक प्रक्रिया पनि हो’ सर्वोच्चले भनेको छ।

संसद पुनःस्थापनाको संकेत

नागरिकतासम्बन्धी अध्यादेशको विषयमा सर्वोच्च अदालतले दिएको आदेशलाई लिएर अधिकांशले संसद पुनःस्थापना हुने संकेत देखिएको विश्लेषण गर्न थालेका छन्।

प्रतिनिधिसभामा तीन वर्षसम्म विचाराधिन रहेको विधेयक अगाडि नबढाएर संसदनै विघटन गरेर अध्यादेश ल्याइनुमा सरकारको नियतमाथि प्रश्न उठाएकोमात्र नभइ नागरिकतासम्बन्धी कानून संसदबाहेकबाट संशोधन गर्न नमिल्ने सर्वोच्चको जिकिरले संसद पुनर्स्थापना हुने संकेत देखाएको टिप्पणी भइहरेको छ।

यतिमात्र होइन सर्वोच्चले संविधानमा भएको अध्यादेश ल्याउन पाउने प्रावधानलाई सरकारले गरेको दुरुपयोगसँग जसरी जोडेर प्रश्न उठाएको छ त्यसले प्रतिनिधिसभा विघटन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लंघन गरेका संवैधानिक प्रावधानका समबन्धमा सर्वोच्चबाट उचित फैसला हुने धेरैको बुझाई छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु