प्रदेश २ नीति तथा कार्यक्रम : चुरे संरक्षणका लागि कानुनी तथा प्रशासनिक नीति अवलम्बन गरिने [पूर्णपाठ]


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धिन लागेको माओवादीलाई आफूले

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


काठमाडौं

प्रदेश २ सरकारले स्वास्थ्य, शिक्षा तथा कृषिलाई प्राथमिकतमा राख्दै आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम ल्याएको छ।
विहीबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख राजेश झा अहिराजले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीका साथै चुरे संरक्षणलाई विशेष प्राथमिकता दिएको छ।

संघीय सरकारले चुरे क्षेत्रबाट ढुंगा गिटी निकासी गर्न बजेटमा व्यवस्था गरेको बेला प्रदेश २ सरकारले भने संरक्षणका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ।

चुरे संरक्षणका लागि चुरेको फेदमा हरियो वन, चुरे क्षेत्रमा जलासय निर्माणलगायतका काम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। यसका साथै नदीको बालुवा, ढुंगालगायतको ढुवानीमा नियन्त्रण गरिने प्रदेश सरकारले जनाएको छ।

यसैगरी स्वास्थ्य क्षेत्रतर्फ जोड दिँदै कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइने, पूर्ण खोप अभियान चलाउने, दलित तथा सीमान्तकृत समुदायका लागि निःशुल्क स्वास्थ्य सुविधाको व्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ।

जनकपुरस्थित प्रादेशिक अस्पताललाई पाँच सय शैय्याको अस्पतालको रूपमा विकसित गर्दै प्रदेशका ८ वटै जिल्लामा स्वास्थ्य तथा आरोग्य केन्द्र स्थापना गर्ने सरकारले लक्ष्य लिएको छ।

यसैगरी कोरोना महामारीका कारण सिर्जित बेरोजगारी समस्या समाधान गर्न सरकारले प्रदेशभित्रै रोजगारीको व्यवस्था गर्ने भएको छ।

नीति तथा कार्यक्रममा पर्सादेखि सप्तरी जिल्लासम्म २५० किलोमिटर सडक खण्डलाई मधेसी सहिद राजमार्गको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

यसैगरी ‘हाम्रो प्रदेश, उज्यालो’ प्रदेश नाराका साथ प्रदेशलाई उज्यालो बनाउन ३ सय मेगावाटकाे सौर्य ऊर्जा प्लान्ट स्थापना गर्ने नीति सरकारको छ।