संघीय सरकारका बहुमत मन्त्री प्रदेश २ बाट


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


काठमाडौं

प्रधानमन्त्री केपी ओली नेतृत्वको संघीय सरकारमा ५० प्रतिशतभन्दा बढी प्रदेश–२ बाट मन्त्रीहरू नियुक्त भएका छन्। प्रधानमन्त्री ओलीसहित २५ सदस्यीय मन्त्रिपरिषदमा १३ जना प्रदेश २ बाट मन्त्री नियुक्त भएका हुन्। १३ जनामध्ये १२ जना मधेशी समुदायका मन्त्री बनेका छन्।

नेपालको मन्त्रिपरिषदीय इतिहासमा मधेशी समुदायबाट एकैचोटी यति धेरै संख्यामा मन्त्री बनेको सम्भवतः पहिलो पटक हो।

धनुषाबाट निर्वाचित नेकपा एमाले स्थायी समिति सदस्य रघुवीर महासेठ उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री छन्। मन्त्रिपरिषदमा उनको वरियता तेस्रो रहेको छ।

यसैगरी सिरहाबाट निर्वाचित एमालेका लिलानाथ श्रेष्ठ सरकारमा शिक्षामन्त्री छन्।

विहीबारमात्रै प्रधानमन्त्री ओलीले प्रदेश २ कै ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी मन्त्री नियुक्त गरेका छन्। माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका कारण पदमुक्त भएकी बाराकी साहलाई संघीय सरकारमा मन्त्री बनाइएको छ।

सरकारमा राज्यमन्त्रीसहित जनता समाजवादी पार्टी (जसपा) महन्थ पक्षीय मन्त्रीहरूको संख्या ११ पुगेको छ। जसमध्ये १० जना प्रदेश २ बाट प्रतिनिधित्व गरिरहेका छन्।

विहीबार प्रधानमन्त्री ओलीले जसपा कार्यकारिणी सदस्य राजकिशोर यादवलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेपछि यो संख्या ११ पुगेको हो।

यसअघि गएको शुक्रबार ओलीले जसपा महन्थ पक्षका ८ जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतो तेस्रो वरियतासहित सरकारमा उपप्रधान एवं सहरी विकासमन्त्री छन्।

यसैगरी छैटाै‍ं वरियतामा रहेका जसपाका शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री छन्।

खानेपानीमन्त्री नियुक्त भएका अनिलकुमार झा मन्त्रिपरिषदमा ८ औं वरियतामा छन्।

जसपा कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णलाई ओलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनाएका छन्। मन्त्रिपरिषदमा
उनको वरियता ११ रहेको छ।

यसैगरी १६ औं वरियतामा रहेका जसपाका विमलप्रसाद श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनका छन्।

जसपाकै उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन्। मन्त्रिपरिषदमा उनको वरियता १७ औं रहेको छ।

चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री बनेका छन्। चौधरी १८ औं र मियाँ १९ औं वरियतामा छन्।

यसबाहेक जसपाबाट सप्तरीका चन्द्रकान्त चौधरी ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री बनेका छन्। मन्त्रिपरिषदमा उनको वरियता २३ रहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने