भारतको उत्तरप्रदेश महिला आयोगकी सदस्य भन्छिन्–छोरीहरुका मोबाइल निगरानी गर्नुपर्छ


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


नयाँदिल्ली–भारत उत्तरप्रदेश महिला आयोगकी सदस्य मीनाकुमारीले युवतीका मोबाइल फोन निगरानी गर्नुपर्ने बताएकी छन्।

राज्यमा महिलाविरुद्धका अपराधका बारेमा सोधिएको प्रश्नमा उनले पुरुषहरुसँग मोबाइलमा कुरा गरेर तिनीहरुसँगै भाग्ने गरेकाले युवतीका मोबाइल निगरानी गर्नुपर्ने उनले बताइन्।

अलिगढमा महिलामाथि भएका अपराधका बारेमा गरिएको सार्वजनिक सुनुवाइका क्रममा पत्रकारसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन्। अलिगढ र बरेलीमा बलात्कारका घटना भइरहेको र विभिन्न प्रयासका बावजूद पनि यस्ता घटना किन नरोकिएको भनेर पत्रकारले सोधेका थिए।

उनले ‘मिसनशक्ति कार्यक्रम’ पूर्ण रुपमा सञ्चालन भइरहेको उल्लेख गर्दै यस्ता अवस्थाप्रति समाजले पैरवी गर्नुपर्ने बताएकी थिइन्।

छोरीहरु कहाँ जान्छन्, कस्तो अवस्थामा छन्, कुन केटाहरुसँग बसिरहेका छन् भनेर मोबाइल निगरानी गर्नुपर्ने उनले बताएकी थिइन्।

यो भिडियो पत्रकार प्रशान्तकुमारले ट्वीट गरेका हुन्।

मीनाकुमारीले छोरीहरु बेपर्वाह हुनुमा आमाहरु जिम्मेवार रहेको पनि बताएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू