नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


काठमाडौं–सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले अध्यादेश तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

संसदीय समितिमा लामो समय छलफल भएर संसदमा पुगिसकेको विधेयक अगाडि बढाउन रुची नदेखाएका प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनपछि सत्ता स्वार्थका लागि जसपा एक समूहलाई फकाउन अध्यादेशको सहारा लिएका थिए।

अध्यादेश आएसँगै जसपाको एक समूह सरकारमा सहभागीसमेत भइसकेको छ। तर अदालतले भने तत्काल अध्यादेश कार्यान्वयनमा रोक लगाएको छ।

अध्यदेश कार्यान्वयनमा रोक लागेसँगै लामोसमयको प्रतिक्षापछि नागरिकता पाउने आशामा बसेकाहरुलाई भने ठूलो प्रहार भएको छ।

सरकारले ल्याएको अध्यादेशमा भएका विषयवस्तु संविधानमा भएकै विषय भएको भएपनि संसद छलेर स्वार्थपूर्तिका लागि ल्याइएको अध्यादेशले ठूलो संख्यामा भारतीयहरुलाई नेपाली नागरिकता दिनसक्ने भन्दै आलोचना भएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू