यस्तो छ, ओलीका नयाँ सारथीका ‘कुण्डली’


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडाैं

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तार गरेका छन्।

२५ सदस्यीय मन्त्रीपरिषदमा रिक्त रहेका ८ मन्त्रालयमध्ये बिहीबार ओलीले ७ मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन्। यसबाहेक उनले एकजना राज्यमन्त्रीसमेत थपेका छन्।

मन्त्रिपरिषद्मा खगराज अधिकारीलाई गृह, जनता समाजवादी (जसपा) का राजकिशोर यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ की श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि, माओवादीबाट एमाले प्रवेश गरेकी ज्वालाकुमारी साहलाई कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै, नारदमुनि रानालाई वन तथा वातावरण, माधव नेपाल समूहका नेता गणेशकुमार पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन,  मोहन बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी दिइएको छ। यस्तै, आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ।

को हुन् नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्री ?

खगराज अधिकारीः

गृहमन्त्रीमा नियुक्त खगराज अधिकारीको जन्म २०१८ चैत १३ गते कास्कीमा भएको हो।

अधिकारीले २०२९ सालदेखि अनेरास्ववियूबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए। २०३२ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेसँग उनी राजनीतिमा थप सक्रिय भएका थिए। २०४६ देखि २०५२ सम्म नेकपा (माले) को सचिव रहेका उनी नेकपा (एमाले) को अञ्चल सचिव र २०६५ देखि अञ्चल इञ्चार्ज समेत रहेका थिए।

एमालेको अनुशासन कमिटीको केन्द्रीय सदस्य तथा केन्द्रीय सल्लाहकार परिषदको उपाध्यक्षसम्म भएका उनी नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपामा पनि केन्द्रीय सदस्य र गण्डकी प्रदेशको सहइञ्चार्ज थिए।

राजनीतिमा लामो समयदेखि होमिएका अधिकारी मध्यावधि निर्वाचन २०५१ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा कास्कीबाट प्रतिनिधित्व गरेका थिए ।

स्नातकोत्तर गरेका अधिकारीले गएको प्रतिनिधिसभा निर्वाचनमो कास्की क्षेत्र नं १ बाट चुनाव जितेका थिए।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति सदस्य रहेका उनी पार्टी एकीकरणपूर्व तत्कालीन एमालेको प्रमुख सचेतक थिए।

अहिले गृहमन्त्री बनेका अधिकारीले २०३७ देखि २०३९ र २०४२ देखि ०४६ सम्म जेल जीवन बिताउनु परेको थियो। यतिमात्र होइन उनले राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासतमा समेत बस्नु परेको थियो।

२०४९ सालमा बेगनास गाविसको वडा नम्बर ५ को अध्यक्ष रहेका २०७० फागुन १२ देखि २०७२ असोज २५ गतेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेका छन्। सूर्तीजन्य पदार्थ नियन्त्रणमा उल्लेख्य भूमिका खेलेको भन्दै अधिकारीले ब्लुम्बर्ग अवार्ड पनि प्राप्त गरेका छन्।

उनको ‘माया मारेको मान्छे’ नामक कृति प्रकाशित छ ।

गणेश पहाडी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा ओली क्याविनेटमा इन्ट्री गरेका पहाडीको जन्म २०२७ साल असार ९ गते सिन्धुलीको खाङ्साङमा भएको हो।

समाजशास्त्रमा स्नातकोत्तर र सिभिल इन्जिनियरिङमा स्नातक गरेका पहाडीको राजनीतिक जीवन २०४० सालदेखि सुरु भएको हो। पहाडीले सोही साल अनेरास्ववियू एकताको पाँचौबाट सदस्यता प्राप्त गरी विद्यार्थी राजनीति सुरु गरेका थिए।

२०४७ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका पहाडी २०५१ मा नेकपा (एमाले) सिन्धुली काठमाडौँ सम्पर्क कमिटी संयोजक बने।

२०५२ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य र २०६५ नेकपा एमाले सिन्धुली जिल्ला सचिव भएर कार्यसम्पादन गरेको अनुभव उनीसँग छ।

यसबाहेक, २०६६ मा नेकपा एमाले जिल्ला संयोजक बनेका उनी साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य थिए। पछिल्लोपटक सर्वोच्चको फैसलापछि एमालेको माधव नेपाल समूहमा गएका उनी पार्टी फुटको संघारमा पुगिरहँदा भने पुनः ओली कित्तामै ढल्किएका थिए।

पहाडी संविधानसभा सदस्य निर्वाचन २०७० मा सिन्धुली १ बाट निर्वाचित भएका थिए । जहाँ प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनी सिन्धुली १ बाटै निर्वाचित भए।

सामाजिक अध्ययन र आर्थिक विकासमा रुची राख्ने पहाडी २०५४ मा सिन्धुली खाङसाङको गाविस अध्यक्षसमेत बनेका थिए ।

नैनकला थापा

सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेकी नैनकला थापा यसअघि गृहमन्त्री रहेका एमाले नेता रामबहादुर थापा ‘बादल’की श्रीमती हुन्। २०१९ सालमा जन्मिएकी थापाको २०४० सालमा बादलसँग विवाह भएको थियो।

पहिलोपटक मन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा महिला आयोगको अध्यक्ष बनेकी थिइन्।

यसबाहेक उनी माओवादीनिकट महिला संगठनको महासचिवसमेत थिइन्।

बादलको राजनीतिक जीवनमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेकी थापा माओवादी जनयुद्धमा हुँदा २०५५ सालदेखि बादलको निजी सचिवालयमा रहेर काम गरेकी थिइन्। विवाह अघिदेखि नै स्थायी शिक्षका रहेकी थापाले सेवाबाट राजीनामा दिएर पूर्णकालीन बादलको निजी सचिवालयमा रहेर काम गरेकी थिइन् । उनलाई तत्कालीन अवस्थमा माओवादीको मानार्थ सदस्य बनाइएको थियो।

नारदमुनि राना

वन तथा वातावरणमन्त्री बनेका राना २०४३ सालबाट राजनीतिमा होमिएका हुन्।

२०२९ साल वैशाख १९ गते कैलालीमा जन्मिएका रानाले स्नातकोत्तर गरेका छन्। गएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई हराउँदै कैलाली ५ बाट चुनाव जितेका राना खेलकुद र परराष्ट्रका विषयमा रुची राख्ने नेतामा पर्छन्। २०४३ सालमा अनेरास्ववियू पाँचौको प्रारम्भिक कमिटी सदस्यता लिई राजनीतिक यात्रा प्रारम्भ गरेका थिए। २०४७ मा तत्कालीन एमालेको सक्रिय सदस्यता पाएका उनले पार्टीको वडा सदस्य हुँदै नेकपा एमालेको केन्द्रीय कमिटीसम्मको जिम्मेवारी पाए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पनि उनी केन्द्रीय सदस्य थिए।

राना २०६२ सालमा सेती अञ्चल अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए।

संविधानसभा सदस्य निर्वाचन २०६४ मा तत्कालीन नेकपा एमालेका तर्फबाट समानुपातिक सभासदमा निर्वाचित उनले रातो पासपोर्ट दुरुपयोग गरेर मानव तस्करीमा संलग्न रहेको अभियोग खेप्नुपरेको थियो।

विशेष अदालतले उनलाई सफाय दिएपनि सर्वोच्चमा भने उनीविरुद्धको मुद्दा विचाराधीन छ।

राजनीतिमा आउनुअघि कानुन व्यवसायमा संलग्न रहेका राना राजनीतिक आन्दोलनका क्रममा पटक पटक हिरासत बसेका छन् यसबाहेक उनी केही समय भूमिगतसमेत भएका थिए।

आर्थिक सामाजिक रुपमा पछि परेको थारु समुदायका राजनीतिक अगुवा समेत रहेका रानाले कुनै समय ‘राम–राम’ मासिक पत्रिकाको सह–सम्पादक भएर पनि काम गरेका छन्।

मोहन बानियाँ

प्रधानमन्त्री कार्यालय मातहत रहनेगरी बिनाविभागीय मन्त्रीका रुपमा क्याविनेटमा इन्ट्री गरेका बानियाँको जन्म २०२० साल माघ १५ गते मुगुमा भएको हो।

स्नातकोत्तर गरेका बानियाँ गएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका थिए।

२०३६ सालमा तत्कालीन महाकाली माविको स्ववियुको प्रारम्भिक कमिटीबाट राजनीतिक यात्रा सुरु गरेका बानियाँ २०३६ सालबाटै पार्टीगत राजनीतिमा पनि आवद्ध भएका थिए। २०४७ मा तत्कालीन मालेको सदस्ययता लिएका उनी २०६४ मा तत्कालीन एमालेको जिल्ला कमिटी सचिव र २०६९ मा अध्यक्षमा निर्वाचित भएका थिए।

२०७१ को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य र मुगु इञ्चार्ज थिए।

बानियाँ संविधानसभा सदस्य निर्वाचन २०७० मा मुगुबाट प्रत्यक्ष निर्वाचित भएर संविधानसभामा प्रवेश गरेका थिए।

सांसद हुनुअघि उनले विभिन्न समयमा जनप्रतिनिधिका रुपमा काम भने गरिसकेका थिए। बानियाँ २०४८ र २०५४ मा जिल्ला विकास समिति सभापति भएका थिए।

२०५१ सालमा सुकुम्बासी समस्या समाधान आयोगको मुगु अध्यक्ष बनेका बानियाँ २०४० देखि २०४८ सम्म स्थायी शिक्षकका रुपमा कार्यरत थिए।

तर स्थायी शिक्षकको जागिर छाडेर बानियाँ पूर्णकालीन राजनीतिमा होमिए। जसले राजनीति सुरु गरेको ४२ वर्षपछि उनलाई मन्त्री बन्ने अवसर त जुरेको छ तर बिनाविभागीय।

राजकिशोर यादवः

२०३० साल साउन १८ गते सिरहामा जन्मिएका यादवले इन्जिनियरिङ पढेका हुन्। तर रुचीले उनलाई राजनीतिमा डोर्‌यायो।

२०६० सालमा मधेशी जनअधिकार फोरममा आवद्ध भई सक्रिय राजनीतिमा आवद्ध भएका यादव २०६७ सालमा फोरम गणतान्त्रिक निर्माण गरी अध्यक्ष बनेका थिए। २०७२ वैशाखमा मधेश केन्द्रित दलहरु एकीकृत हुँदा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा अध्यक्ष मण्डलको सदस्य भए। 

पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमको तर्फबाट सिरहा ६ बाट निर्वाचित यादव २०७० मा भने पराजित भएका थिए। तर गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः उनले सिरहा ४ बाट संसदमा इन्ट्री मारे।

ओली क्याबिनेटमा यसपटक उद्योग मन्त्री बनेका यादव यसअघि २०६८ सालमा सञ्चारमन्त्री बनेका थिए।

ज्वालाकुमारी साहः

२०३८ साल कार्तिक ११ गते बारामा जन्मिएकी साह एमालेको सरकारमा अहिले कृषि तथा पशुपन्छी मन्त्री भएकी छन्। तर उनको राजनीति भने माओवादी केन्द्रबाट भएको थियो। 

विद्यालयमा अध्ययनरत रहँदै माओवादी जनयुद्धमा लागेकी साह सो पार्टीको तर्फबाट २०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य र २०६६ सालमा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री भएकी थिइन्।

पछिल्लोपटक माओवादी केन्द्रबाटै प्रदेश २ को प्रदेशसभा सदस्य बनेकी साह २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्र फर्कन चाहिनन्। जसले गर्दा पार्टीले उनलाई कारबाही गर्‌यो, उनको सांसद पदसमेत गयो। तर सांसद पद गएको केही महिनामै उनले केन्द्रीय सरकारको कृषिमन्त्री बन्ने मौका पाइन्।

आशाकुमारी विकः

२०३८ साल असोज ३० गते रुपन्देहीमा जन्मिएकी विकले स्नातक गरेकी छन्।

२०५९ सालदेखि जिल्ला कमिटी सदस्य हुँदै राजनीति सुरु गरेकी उनले स्थानीय राजनीतिक गतिविधिमा सक्रिय हुँदै पहिलोपटक संघीय संसद प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फबाट प्रतिनिधित्वको अवसर पाइन्।

अखिल नेपाल महिला संघको २०६९ सालदेखि निरन्तर केन्द्रीय सदस्य रहेकी विक

दलित महिला संघ (फेडो)को अध्यक्षसमेत भएकी छन्।

आफूलाई सामाजिक सद्भाव र एकताको पक्षधर अनि महिला मुक्ति र दलित समुदायको हक हितका लागि संघर्षरत रहेको बताउने विक सर्वपक्षीय सहभागिताबाट मात्र समतामूलक विकास हुने विश्वास राख्छिन्।

प्रतिनिधिसभा विघटनपछि पनि प्रधानमन्त्री केपी शर्मा ओली कित्तामै रहेकी विक अहिले वन राज्यमन्त्री भएकी छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको