कोरोना खोपमा सांसदका आफन्तकाे हारालुछ, ६० देखि ६४ वर्षका हेरेको हेर्‍यै


विचार
आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत


काठमाडाै‍

सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाउन विभिन्न स्थानीय तहमा पठाएको चिनियाँ ‘भेरोसेल’ खोप हारालुछ भएको छ। ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर दिइएको खोपमा अन्य उमेर समूह र विशेष गरी सांसद तथा तिनका आफन्तले बढी प्रयोग गरिरहेको पाइएको छ।

पोखरामा बुधबार सांसदहरूका लागि व्यवस्था गरिएको खोप धमाधम तिनका परिवार, आफन्तजन तथा कार्यकर्ताले लगाए।

त्यस्तै, काठमाडौंका केही ठाउँमा पनि अन्य व्यक्तिले खोप लगाउन थालेपछि सुरक्षाकर्मी नै परिचालन गरिएको छ।

चीनले जेठ १८ गते अनुदानमा ८ लाख डोज भेरोसेल खोप नेपाललाई दिएको थियो।

खोप कम भएका कारण पहिलेजस्तो एउटै मात्र डोजको भर पर्नुपर्ने अवस्था आउला भनेर स्वास्थ्य तथा जानसंख्या मन्त्रालयले बाँकी रहेका ज्येष्ठ नागरिकका लागि यो खोप वितरण गर्ने निर्णय गरेको थियो।

‘पहिलेजस्तो ज्येष्ठ नागरिकलाई एउटामात्र खोप दिएपछि दोस्रो मात्रा अपुग होला भनेर बाँकी रहेका ज्येष्ठ नागरिकलाई लगाउने निर्णय गरेका थियौं। तर, केही ठाउँमा तोकिएको उमेरका व्यक्तिभन्दा बाहेकले पनि लगाएको देखियो, जुन एकदमै गलत छ,’ परिवार कल्याण महाशाखाका निर्देशक तारानाथ पोखरेलले भने।

पोखरेलका अनुसार सबैभन्दा मर्कामा परेको समूह ६० देखि ६४ वर्षका हुन्। उनीहरूले खोप पाएका छैनन्। खोप कम आयो तर लगाउने समूह अलि ठूलो देखियो। दुई डोज सुनिश्चित गरेर दिनुपर्‍यो नत्र पहिलेको जस्तै हुन्छ। त्यही भएर झन्डै ५ लाख मानिसलाई मात्र पुग्ने भएका कारण यो उमेर समूहलाई रोजिएको हो।

यसैअनुसार स्थानीय सरकारलाई ६० देखि ६४ वा त्यसभन्दा माथिको उमेर जतिलाई खोप पुग्छ उनीहरूलाई दिन निर्देशन दिइएको थियो। त्यही आधारमा कार्ययोजना बनाएर खोप दिन लगाएको र काठमाडौंको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका लागि दिने बन्दोबस्त गरिएको थियो।

खोप व्यवस्थापन गर्न नसक्नुमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालय नै जिम्मेवार रहेको उनले बताए।

‘शान्ति सुरक्षाको व्यवस्था तथा कारबाही सबै स्थानीय तहलाई नै जिम्मा दिइएका कारण उनीहरूले नै फिल्डमा सम्झाउने तथा व्यवस्थापन गर्नुपर्थ्यो। हामीले विभिन्न तहमा खोप वितरण गर्न सहजीकरण गर्ने, कारबाही, अनुसन्धान अनुगमन गर्ने निकायसहित समिति बनाएका छौं,’ पोखरेलले भने, ‘सोही समितिले यसको अनुगमन तथा व्यवस्थापन गर्ने हो। हाम्रो काम भनेको खोप उपलब्ध गराउने, बजेट, गाइडलाइन, टेक्निकल सर्पोट तथा ट्रेनिङ दिने हो।’

खोप विवादमा स्वास्थ्य विभागको ध्यानाकर्षण भएको भन्दै उनले सम्बन्धित निकायमा केन्द्रले पनि सहजीकरणका लागि प्रयास गरिरहेको बताए।

जनप्रतिनिधिहरूले आफैंलाई प्राथमिकतामा राखेर जनतालाई पालो नदिएको गुनासो रहेको छ। ‘जनतालाई पहिला बचाउनुपर्ने ठाउँमा आफैं खोप लगाउन अग्रसर नेताहरू जनप्रतिनिधि हुनै सक्दैनन्,’ उनले भने।

स्वास्थ्य मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन र गृह मन्त्रालय एवं सुरक्षा निकायहरूसँग समन्वय गरी खोप वितरणमा स्थानीय तहलाई मद्दत गरेको थियो।

खोप केन्द्रमा हुलदङ्गा गर्ने, अनियममितता गर्नेलाई सम्बन्धित कार्यालयहरूबाटै कारबाही गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले बताए। आवश्यक परेको खण्डमा केन्द्रबाट पनि कारबाही गर्ने उनले चेतावनी दिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न