निषेधाज्ञा अवधिको कर सक्नेले तिरौं, नसक्नेलाई जरिवाना नलिन अपिल


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


काठमाडौं-

उद्योगी–व्यवसायीहरूका प्रमुख तीन संगठनले निषेधाज्ञा अवधिको करमा जरिवाना नलगाउन सरकारसँग अपिल गर्दै क्षमता भएकालाई राजस्व बुझाउन आग्रह गरेका छन्।

चालु आर्थिक वर्ष दोस्रो त्रैमासदेखि देखिएको अर्थतन्त्रको सुधार कोभिड–१९ को दोस्रो लहरले आर्थिक क्रियाकलाप अवरुद्ध हुँदा अर्थतन्त्रमा गम्भीर असर पारेको भन्दै ती संगठनले निषेधाज्ञा–बन्दाबन्दीका कारण मुलुकका करिब ७० प्रतिशत उद्यम–व्यवसाय प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक आँकलन गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले संयुक्त विज्ञप्ति जारी गरी निषेधाज्ञा अवधिको कर सक्नेले तिर्न र नसक्नेलाई सरकारले जरिवाना नलिन अपिल गरेका हुन्।

२०७८ जेठ १५ मा सार्वजनिक भएको आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत आर्थिक पुनरुत्थान र निजी क्षेत्रको विकासका लागि निजी क्षेत्रले उठाएका धेरै विषय सम्बोधन भएका र सरकारको बजेटको मुख्य स्रोत पनि निजी क्षेत्र नै भएकाले उद्यम–व्यवसाय फस्टाउने वातावरण आवश्यक भएकोतर्पm सरकारले मनन गरेको उनीहरूको भनाइ छ।

यहीबीच आएको कोभिडको दोस्रो लहरले आर्थिक पुनरुत्थानको संयुक्त प्रयासमा गम्भीर धक्का लागेको र यही अवस्था लामो समय रहे सरकारले आगामी आर्थिक वर्षका लागि लक्ष्य गरेको १० खर्ब २४ अर्बको राजस्व असुली चुनौतीपूर्ण हुने ती संस्थाले जनाएका छन्।

विज्ञप्तिअनुसार कोभिड महामारीको असर देखिन थालेको डेढ वर्ष अवधिमा सरकार र निजी क्षेत्रबीचको सहकार्यले पुनरुत्थानमा केही सहयोग पुगेको थियो। आगामी दिनमा पनि अवसर र जोखिम बाँडेरै यो महामारी र आर्थिक मन्दीबाट माथि उठ्न सकिने निजी क्षेत्रको विश्वास छ।

तर, अहिलेको विषम परिस्थितिका कारण एकातिर उद्योग–व्यवसाय सञ्चालन हुन सकेका छैनन् भने जेनतेन चलेका पनि उत्पादित सामान निर्वाध बजार लगेर बिक्री गर्न नसकिएको विज्ञप्तिमा उल्लेख छ।

‘त्यसकारण निषेधाज्ञाले आवागमनसमेत अवरुद्ध हुँदा मासिक बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्कलगायत विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति छैन। यो विषम अवस्था मनन गरीे कर राजस्व बुझाउन नसकेका उद्यमी–व्यवसायीलाई कुनै पनि प्रकारको जरिवाना नलगाउन सरकारसँग अनुरोध गर्दछौं,’ संयुक्त विज्ञप्तिमा छ, ‘व्यवसाय सञ्चालनमा रहेका र राजस्व बुझाउन सक्ने उद्यमी–व्यवसायीलाई गत वर्षजस्तै समयमा राजस्व बुझाएर आप्mनो दायित्व पूरा गरी सरकारलाई सहयोग गर्न आग्रह गर्दछौं।’

त्यसैगरी अर्थतन्त्रलाई कोभिडको जोखिमबाट जोगाइ अगाडि लैजान र बजेटको पूर्णकार्यान्वयन गरी आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी–व्यवसायी, कामदार–कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने सुनिश्चतता गराउन पनि तीनवटै संगठनले सरकारसँग आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने