एमालेमा नयाँ ट्वीस्टः माधव समूहका नेता पहाडी मन्त्री बन्दै


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडा‍ै‍

सत्तारुढ नेकपा एमाले विवादमा नयाँ ट्वीस्ट देखिएकाे छ। पार्टीभित्रको विवाद समाधानका लागि प्रयास भए पनि त्यसले नतिजा दिन नसकिरहेको अवस्था एमालेको माधवकुमार नेपाल समूहमा रहेका एक नेता ओली क्याबिनेटमा सहभागी हुने भएका छन्।

श्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुलीका गणेश पहाडीलाई मन्त्री बनाउन लागेका हुन्।

एमाले विवादमा पहाडी माधव समूहभित्रका सफ्टलाइनर नेताका रुपमा परिचित थिए। योगेश भट्टराईनिकट उनले पछिल्लो समय पार्टी एकताका लागि जोड दिँदै आएका थिए।

उनलाई प्रधानमन्त्रीले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भएका छन्। पहाडीले वैशाख २७ गते विश्वासको मत लिने दिन संसद बैठक बहिस्कार गरेका थिए। तर विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर भने गरेका थिएनन्।

पहाडी सरकारमा सहभागी हुने भएसँगै माधव समूहमा हलचल आएको छ। जसले नेता नेपालले आफैं दबाब महसुस गरिरहेको उनीनिकट नेताहरु बताउँछन्। ‘ एक–एक गर्दै हाम्रा पक्षका नेताहरुलाई अध्यक्षले आफ्नो कित्तामा पार्दै हुनुहुन्छ। यसले माधव कमरेड कमजोर हुँदै गरेको महसुस गर्न थाल्नुभएको छ,’नेता नेपालनिकट एक नेताले आयोमेलसँग भने।

उनका अनुसार पार्टी एकताका लागि भन्दै प्रयासरत रहेका नेता स्वयम पनि ओली समूहमा जाने मनोदशा देखिइसकेको छ। यसले एमाले विवाद कसरी अगाडि बढ्छ वा छिनोफानो हुन्छ भन्ने प्रश्न तेर्सिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको