सर्वोच्चको आदेश लत्याएर फेरि मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री


विचार
आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको

आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम


काठमाडौं – प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मितिसमेत घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी मुद्दा यतिबेला सर्वोच्च अदालतमा विचाराधिन छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतले कामचलाउ हैसियतमा पुगिसकेको सरकारले मन्त्रिपरिषद पुनर्गठन गर्नै नपाउने भन्दै रिट दायर गरेका थिए।

रिटमाथि असार २५ गते सुनुवाइ गर्दै सर्वोच्चले विपक्षी प्रधानमन्त्री ओली र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको छ भने, असार ८ गते अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनेको छ।

तर, अदालतको आदेशको अवज्ञा गर्दै प्रधानमन्त्री ओलीले पुनः मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। जसले प्रधानमन्त्री ओलीले अदालतको आदेशलाईसमेत नटेरेर अघि बढेको भन्दै आलोचना सुरु भएको छ।

रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता त्रिपाठी लिखित जवाफ पेश गर्न आदेश दिएको र अदालतमै उपस्थित हुन भनिसकेको अवस्थामा त्यसलाई लत्याउँदै पुनः क्याबिनेट विस्तार गर्नु अदालतको अवहेलना हुने बताउँछन्।

‘असार ८ गते अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न भन्दै दुवै पक्षलाई बोलाइएको छ। अदालतमा मुद्दा विचाराधिन छ तर, प्रधानमन्त्री फेरि मन्त्रिपरिषद विस्तार गर्दै हुनुहुन्छ। यो अदालतको अवहेलना हो,’ त्रिपाठीले आयोमेलसँग भने।

सरकार संविधानलाई मिचेर घृणाको बाटोमा अघि बढेको त्रिपाठीको ठहर छ।

उनी भन्छन्, ‘सर्वोच्चको आदेशलाई लत्याएर प्रधानमन्त्रीले न्यायालयकोसमेत मान राख्नुभएन। जुन एकदमै अशोभनीय छ।’

यस्तै सोही मुद्दाका अर्का निवेदक, अधिवक्ता न्यौपाने पनि प्रधानमन्त्री ओली मनपरी, स्वेच्छाचारी र मनोपोलि हिसाबले शासन चलाउन उद्दत रहेको बताउँछन्।

‘संविधान नै मास्न उद्दत हुनुभएका प्रधानमन्त्रीले सर्वोच्चलाईसमेत टेर्नुभएन। उहाँ आफूलाई जे ठिक लाग्छ त्यही मात्र गर्नुहुन्छ,’ अधिवक्ता न्यौपानेले अगाडि भने, ‘यो सबै काममा उहाँलाई राष्ट्रपतिले पूरापूर सहयोग गर्नुभएको छ। त्यसैले उहाँको स्वेच्छाचारिता बढ्दो छ।’

विचाराधिन मुद्दा निर्क्यौल नहुँदै प्रधानमन्त्री ओलीले पुनः मन्त्रिपरिषद विस्तार गर्न लागेको भन्दै अधिवक्ता न्यौपानेले अब हुने पुनर्गठनविरुद्ध पनि मुद्दा पर्नसक्ने बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु