मन्त्रिपरिषद विस्तार गर्दै ओली : गृहमा खगराज, सञ्चारमा ‘बादल’ की श्रीमती


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले यसअघि आफूसँगै राखेका मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेका हुन्। श्रोतका अनुसार ओलीले गृहमा यसअघि स्वास्थ्यमन्त्री रहिसकेका खगराज अधिकारीलाई पठाउने तयारी गरेका छन्।

यसअघि गृहमन्त्रीमा नियुक्त भएमा रामबहादुर थापा ‘बादल’ को नियुक्ति सर्वोच्च अदालतले बदर गरेपछि उक्त ठाउँ रिक्त थियो।

माओवादी केन्द्र छाडेर एमाले रोजेका थापाकालागि मन्त्री पद गुगाउँदाको घाटा ओलीले उनकी श्रीमतीलाई मन्त्री बनाएर पूर्ति गर्ने भएका छन्। थापाकी श्रीमती नैनकला थापालाई ओलीले सञ्चारमन्त्री बनाउने तयारी गरेका छन्।

यस्तै वन मन्त्रालयमा नारदमुनी रानालाई पठाउन लागिएको छ। रानाले साँझ ४ बजे शपथका लागि बोलाइएको आयोमेललाई बताए। ‘मैले यही मन्त्रालय दिनु भनेर भनेको छैन। मलाई मन्त्रालयसँग फरक पनि पर्दैन। जनताको काम गर्ने हो जहाँ गएपनि जनताको लागि काम गर्नेछु’, रानाले भने।

यस्तै कृषिमन्त्रीमा ज्वालाकुमारी साह नियुक्त हुने भएकी छन्। माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य बनेकी साह सर्वोच्चको फैसलापछि ओलीकित्ता रोजेका कारण माओवादीले कारबाही गरेको थियो।

यस्तै मोहन बानियाँ पनि मन्त्री बन्ने लिस्टमा छन्। उनी प्रधानमन्त्री कार्यालयमातहत रहने गरी मन्त्री बन्न लागेका बताइएको छ।

यसबाहेक एमालेको माधव नेपाल समूहका गणेश पहाडीलाई पनि मन्त्री बनाउन लागिएको भनिएपनि यसको पुष्टि हुन सकेको छैन।

जसपाका राजकिशोर यादव पनि मन्त्री बन्न लागेको बताइएको छ। यद्दपि, उनले यससम्बन्धमा कुनै पनि जानकारी आफूलाई प्राप्त नभएको बताए। यसअघि राजेन्द्र महतो नेतृत्वमा जसपा सरकारमा जाँदा यादव मन्त्री बन्नबाट छुटेका थिए

बन राज्यमन्त्रीमा आशाकुमारी बिक नियुक्त हुँदैछिन्। उनले पनि बालुवाटारबाट जानकारी आइनसकेको तर अन्य व्यक्तिबाट भने फोनमार्फत जानकारी भएको बताइन्।

रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओली आफै‍ले राख्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको