प्रदेश २ : नीति तथा कार्यक्रममाथि धारणा बनाउन महन्थपक्षीय सांसदहरू आन्तरिक परामर्शमा


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं

प्रदेश २ सरकारबाट बाहिरिएपछि जनता समाजवादी पार्टी (जसपा) महन्थ पक्षका प्रदेश सांसदहरू आन्तरिक छलफलमा जुटेका छन्।

नीति तथा कार्यक्रम आउने अघिल्लो दिन मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई सरकारमा सत्तारोहण गराएपछि जसपा अध्यक्ष महन्थ ठाकुर पक्षीय सांसदहरू छलफलमा जुटेका हुन्।

प्रदेश सरकारले विहीबार प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम ल्याउँदै छ।

सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमउपर रणनीति तय गर्न महन्थपक्षीय प्रदेश सांसदहरू आन्तरिक परामर्श गरिरहेका छन्।
प्रदेशसभा भवनस्थित संसदीय दलको कार्यालयमा सुरू भएको छलफलमा नीति तथा कार्यक्रमका साथै प्रदेशसभामा प्रस्तुत हुने रणनीति बनाउने विषयमा कुराकानी भइरहेको महन्थ पक्षीय एक सांसदले बताए।

‘पूर्वराजपाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरू भेला भएका छौं,’ आयोमेलसँग ती सांसदले भने,‘आज आउन लागेको नीति तथा कार्यक्रममा प्रस्तुत हुने रणनीति बनाउन छलफल भइरहेको छ।’

विहीबार नीति तथा कार्यक्रम पेश गरेर शुक्रबार छलफलपछि पारित गराउने तयारी प्रदेश सरकारले गरेको छ। तर, मुख्यमन्त्री राउतले सरकारबाट एक मन्त्रीसहित तीन राज्यमन्त्रीलाई बर्खास्त गरेपछि महन्थपक्षीय प्रदेश सांसदहरू पछिल्लो दुई दिनदेखि प्रदेशसभा बैठकमा अनुपस्थित हुँदै आइरहेका छन्।

यता, संसदीय दलको नेतामा चयन भएका राउत नीति तथा कार्यक्रम र अषाढ १ गते पेश हुने बजेट पास गराउन दलमा ह्विप लगाउने तयारी गरेका छन्।

ह्विप लगाइएको अवस्थामा प्रदेशसभा बैठकमा अनुपस्थित हुँदा सांसद पद गुम्नसक्ने जोखिम महन्थपक्षीय सांसदलाई देखिएको छ।
नीति तथा कार्यक्रम पास गराउन महन्थपक्षीय पूर्वराजपाका सांसदहरूले समस्या गर्नसक्ने परिस्थितिको आँकलन गर्दै राउतले कांग्रेसलाई सरकारमा भित्र्याएका छन्।

१०४ सदस्यीय प्रदेशसभामा पूर्वसमाजवादी पार्टीका ३०, पूर्वराजपाका २५, नेपाली कांग्रेसका १९, नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र संघीय समाजवादी पार्टीका एक सांसद छन्।

पूर्वराजपाका २५ मध्ये सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, वन, पर्यटनमन्त्री रामनरेश रायसहित पाँचजना उपेन्द्र कित्तामा गइसकेका छन्। त्यसैले जसपा उपेन्द्र पक्ष र कांग्रेसका सांसद मात्रैको समर्थनले पनि सरकारले नीति तथा कार्यक्रम सहजै पास गराउनसक्ने छ।

केन्द्रमा सुरू भएको आन्तरिक किचलोपछि मुख्यमन्त्री राउतले प्रदेश सरकारमा महन्थ पक्षबाट मन्त्री रहेकाहरूलाई बर्खास्त गरेका छन्। राउतले पूर्वराजपाबाट सरकारमा भौतिक मन्त्री रहेका जितेन्द्र सोनल, राज्यमन्त्रीहरू डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई पदमुक्त गरेपछि जसपा विवाद थप चर्किएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको