पति दिर्घायुको कामना गर्दै मिथिलामा वट सावित्री पर्व मनाइँदै


विचार
आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको

आयोमेल संवाददाता
हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको


जनकपुरधाम
पतिको दिर्घायुको कामना गर्दै मिथिला क्षेत्रमा विहीबार वट सावित्री पर्व मनाइँदै छ।
मिथिलामा विवाहित महिलाहरू पति दिर्घायु र सन्तानको सुस्वास्थ्यको कामना गर्दै वट सावित्री मनाउने गर्छन्।

जेठ महिनाको आमावस्या तिथिमा मनाइने यस पर्वमा विवाहित महिलाहरू ब्रत बसी वरको रूखमा सामूहिक पूजाअर्चना गर्ने चलन छ।
तर, यसपटक कोरोना महामारीका कारण भीडभाड हुन नदिन स्थानीय प्रशासनले घरभित्रै पूजाआजा गर्न अपील गरेको छ।

सामान्य अवस्थामा पोखरीकोडिलमा रहेको वरको रूखमा सामूहिक पूजाअर्चना गर्ने गरिएपनि स्थानीय प्रशासनको अपीलपछि महिलाहरू घरभित्रै वरको हांगा ल्याएर पूजाअर्चना गरिरहेका छन्।

वट सावित्री पर्व मनाउने महिलाहरू एकदिन अगाडि चोखो भएर शुद्ध खाने गर्दछन्। पर्वका दिन नुहाइ नयाँ बस्त्र लगाइ वट सावित्री गीत गाउँदै पूजा गर्न वरको रूख नजिक पुग्छन्।
बरसाइतसमेत भनिने वट सावित्री पर्व सावित्री तथा सत्यवादको कथासँग जोडिएको छ। सावित्रीकै कारण यो पर्वलाई आदर्श नारीत्वको प्रतिकको रूपमा स्वीकार गरिएको छ।

यस पर्वमा सत्यवान सावित्रीका साथै यमराजकोसमेत पूजा गर्ने गरिन्छ। सावित्रीले यही व्रत गरेर आफ्नो पतिलाई धर्मराजबाट जितेको मान्यता छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले

भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका रुपमा परिचित हुँदैथियो। साँझ पर्नेबित्तिकै झिलिमिली हुने यो बजार असार