कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागका केन्द्रीय सदस्य दिपेन्द्रको निधन


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


झापा – नेपाली कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागका केन्द्रीय सदस्य दिपेन्द्र पोखरेलको कोरोना संक्रमणका कारण निधन भएको छ। ३६ दिनदेखि उपचाररत पोखरेलको बुधबार राति १२ बजे नर्भिक हस्पिटल काठमाडौंमा मृत्यु भएको हो।

उनी विगत एक महिनादेखि त्यहाँ उपचाररत थिए। बिर्तामोड नगरपालिका-३ निवासी ५३ वर्षीय पोखरेल नेपाल प्लाइउड भेनियर संघ प्रदेश १ का अध्यक्षसमेत हुन्। निर्माण व्यवसायी महासंघ झापाको अध्यक्षको जिम्मेवारीसमेत सम्हालीसकेका पोखरेल उद्योगी सँगसँगै राजनीतिक र सामाजिक कार्यमा सक्रिय थिए।

पोखरेलका श्रीमती, एक छोरा र एक छोरी छन्। पोखरेलको निधनले पार्टीका लागि अपुरणीय क्षति भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘दिपेन्द्रको निधनले कांग्रेसले मात्रै होइन, समाजले एउटा उर्जाशील र असल युवा गुमाएको छ’, प्रवक्ता शर्माले भने, ‘यो घटनाले म निक्कै दुखी मात्रै भएको छैन, हामीबीचबाट समाज रुपान्तरणको तागत राख्ने र शालीन युवा सदाका लागि अस्ताएको छ।’

प्रवक्ता शर्माले दिपेन्द्रप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन्। यतिबेला झापामा शोक नै छाएको छ। दिपेन्द्रको निधनमा श्रद्धाञ्जलीका सन्देशले समाजिक सञ्जाल भरिएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू