कति कमाउँछन् भारतीय क्रिकेट खेलाडी?


विचार
आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश

आयाेमेल संवाददाता
अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं…

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको


काठमाडौं – नेपालमा भनिन्छ नि, खेलमा लागेर भविष्य छैन। न पैसा न राम्रो भविष्य। नेपालमा खेलाडीको तलब सुविधा कम होला तर, हाम्रो छिमेकी मुलुकका क्रिकेट खेलाडीले कति कमाउँछन्, थाहा छ तपाईंलाई?

भारतीय क्रिकेटर विश्वमा सबैभन्दा बढी पैसा कमाउने क्रिकेट खेलाडीमा गनिन्छन्। भारतीय क्रिकेट बोर्डले हरेक वर्ष खेलाडीसँग सेन्ट्रक कन्ट्रयाक्ट गर्छ। जसमा खेलाडीलाई चार समूहमा विभाजन गरिएको हुन्छ। ए प्लस, ए, बी र सी।

ग्रेड ए प्लसमा रहेका खेलाडीले वर्षमा ७ करोड रुपैयाँ (भारतीय) पाउँछन्। यस्तै ए मा रहेका खेलाडीले ५ करोड, बी ग्रेडका खेलाडीले ३ करोड र सी ग्रेडका खेलाडीले १ करोड पाउँछन्। यो रकम उनीहरुले खेल खेलेपनि नखेलेपनि पाउँछन्।

यसका अलावा उनीहरुले प्रत्येक खेलमार्फत म्याच फि पनि पाउँछन्। उनीहरुलाई एक टेस्टको १५ लाख, एकदिवसीयको ६ लाख र टी-२० खेलको ३ लाख म्याच फि दिने गरिन्छ। तर, यदी कोही खेलाडी अन्तिम ११ मा परेन भने उसलाई यो रकमको ५० प्रतिशतमात्र दिइन्छ।

यतिमामात्र उनीहरुको आम्दानी रोकिँदैन। खेलाडीले बोनस रकम पनि पाउँछन्। यो एक पुरस्कार हो। यदी कुनै खेलाडीले दोहोरो शतक लगाएमा उसलाई ७ लाख रुपैयाँ, शतकमा ५ लाख र पाँच विकेट लिने खेलाडीलाई ५ लाख पुरस्कार प्रदान गरिन्छ।

भारतका रविचन्द्रन यो वर्षको सुरुवातमा इंग्ल्याण्डविरुद्धको टेस्टमा शतक बनाउँदै आठ विकेट लिएका थिए। उनले सो खेलमा २५ लाख कमाए।

यस्तै क्रिकेट बोर्डले ऐतिहासिक जित निकालेमा बोनस पनि दिन्छ। यस वर्षको सुरुवातमा भारतीय टोलीले अष्ट्रेलियामा इतिहास रच्दै बोर्डर-गावस्कर ट्रफि जितेको थियो। जितपछि बोर्डले खेलाडीलाई ५ करोड बोनस दिएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने

आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो