राष्ट्रपतिका रुपमा बाइडेनको पहिलो विदेश भ्रमण बेलायतबाट, रसियालाई दिए कडा चेतावनी


विचार
आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको

आयोमेल संवाददाता
हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको

आयोमेल संवाददाता
भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका


काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले पद सम्हालेपछि आफ्नो पहिलो विदेश भ्रमणको सुरुवात बेलायतबाट गरेका छन्। उनी बुधबार बेलायत आएका हुन्।

सो क्रममा उनले रुसलाई कडा चेतावनी दिएका छन्। रुसले विश्व समुदायलाई असर पुर्‍याउने क्रियाकलाप जारी राखे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने बताएका हुन्।

बाइडेनले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई आज भेट्ने कार्यक्रम छ। भेटका क्रममा नयाँ एटलान्टिक चार्टरमा दुई देशबीच सहमति बन्ने बताइएको छ। यो यसअघि विन्सटन चर्चिल र फ्रयाङ्लिन रुजवेल्टबीच सन् १९४१ बीच भइसकेको सम्झौताको नयाँ रुप हो। अहिले यसमा जलवायु परिवर्तन र सुरक्षामाथि जोड दिइँदै पुन: सम्झौता गरिन लागेको हो।

युरोपियन क्षेत्रको आठदिने भ्रमणमा निस्केका बाइडेनले त्यसक्रममा त्यहाँकी रानीलाई विन्डसोर क्यासलमा भेट्ने कार्यक्रम पनि तय छ। यस्तै उनले जी-७ को बैठकमा पनि सहभागी हुँदै छन्। यसका अलावा नाटो समिटमा पनि सहभागी बन्दै छन् भने भ्रमणको अन्त्यमा रुसका राष्ट्रपति भ्लादमिर पुटिनलाई जेनेभामा भेट्दैछन्।

ह्वाइट हाउसका अनुसार रुसका राष्ट्रपतिसँगको भेटका क्रममा बाइडेनले सेना नियन्त्रण, जलवायु परिवर्तन, युक्रेनमा रहेका रसियन सेना, रसियाको साइबर हमला, जेल हालिएका विपक्षी नेता एलेक्स नाभाल्नीलगायत अन्य विषयमा समग्रमा कुराकानी गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले

भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका रुपमा परिचित हुँदैथियो। साँझ पर्नेबित्तिकै झिलिमिली हुने यो बजार असार

देउवाको विश्लेषण : निधि मान्दैनन्

बुढानीलकण्ठस्थित आफ्नै निवासमा देउवाले तीन वटै प्रदेशका केन्द्रीय सदस्यहरूसँग एक साथ छलफल गरेका हुन्। छलफलका क्रममा उनले बढीभन्दा बढी महाधिवेशन