प्रदेश २ : नवनियुक्त मन्त्रीहरूले लिए सपथ


विचार
आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे

आयाेमेल संवाददाता
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र…

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो


काठमाडौं

नेपाली कांग्रेसबाट प्रदेश २ सरकारमा सहभागी भएका नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। प्रदेश प्रमुख राजेश झाले नवनियुक्त मन्त्रीहरूलाई मधेश भवनमा आयोजित एक समारोहकाबीच सपथ दिलाएका हुन्।

प्रदेश प्रमुख झाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका रामसराेज यादव, महिला बालबालिका युवा तथा खेलकुदमन्त्री बीरेन्द्र सिंह र ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मालाई पद तथा गोपनियताको सपथ दिलाएका छन्।

संसदीय दलका नेता यादवको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो। बुधबार साँझ मन्त्रालय बाँडफाँटमा मुख्यमन्त्री लालबाबु राउतसँग दुई बुँदे सहमति भएपछि कांग्रेस प्रदेश सरकारमा सत्तासहकार्य गरेको छ।

मुख्यमन्त्री राउत र संसदीय दलका नेता यादवबीच प्रादेशिक आवश्यकता र विज्ञहरूको रायसहित मन्त्रिपरिषदको संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक र व्यवस्थित बनाइ मन्त्रिपरिषदको संख्या थपघट गर्ने सहमति भएको छ।

केन्द्रमा विद्यमान विपक्षी गठबन्धनअनुसार मुख्यमन्त्री राउत नेपाली कांग्रेसका साथै माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल पुनर्गठन गर्न खोजेका थिए।

तर, सहमति हुन नसकेपछि माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ।

माओवादीसँग भइरहेको वार्ता लम्बिएपछि राति ८ बजेका लागि तोकिएकाे सपथ दुई घण्टा ढिलो १० बजे भएको हाे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा महत्वपूर्ण जित निकाल्दै अष्ट्रिया नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार