टिभिएसको ‘एनटर्क १२५’ विश्वबजारमा १ लाखथान बिक्री


विचार
आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत


काठमाडौं-

टिभिएस मोटरको ‘एनटर्क १२५’ स्कुटर अन्तर्राष्ट्रिय बजारमा १ लाखथान बिक्री भएका छन्। दुई र तीन पांग्रे सवारीसाधन निर्माता कम्पनी टिभिएस मोटरले लक्ष्य पार गरेको जनाएको छ।

सन् २०१८ मा एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरका रूपमा सार्वजनिक गरिएको थियो। कम्पनीका अनुसार हाल यो स्कुटर दक्षिण एसिया, ल्याटिन अमेरिका, मध्यपूर्व र आसियान देशमा कुदिरहेका छन्।

‘हाम्रो स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख बिक्रीको लक्ष्य हासिल गरेकोमा हामी खुसी छौं। स्कुटरको स्ट्राइकिङ उपस्थिति, टेक्नोलोजी र हाइ पर्फर्मेन्स भएको एनटर्क १२५ ब्रान्ड अनुभवको एक विशेषता हो,’ टिभिएस मोटरका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत केएन राधाकृष्णनले भने।

टिभिएस मोटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सका अनुसार रेगुलर एनटर्क १२५, एनटर्क १२५ रेस एडिसन र एनटर्क सुपर स्क्वाड एडिसन गरी नेपाली बजारमा तीन मोडेलमा एनटर्क १२५ उपलब्ध छन्।

रेगुलर एनटर्क १२५ को मूल्य २ लाख १८ हजार ९ सय (ड्रम ब्रेक) र २ लाख ४५ हजार ९ सय (डिस्क ब्रेक), एनटर्क १२५ रेस एडिसन २ लाख ६१ हजार ९ सय र एफआईलाई २ लाख ७७ हजार ९ सय तथा एनटर्क सुपर स्क्वाड एडिसनको मूल्य २ लाख ६६ हजार ९ सय तोकिएको छ।

कम्पनीका अनुसार एनटर्क १२५ डिस्क, ड्रम र रेस एडिसन गरी तीन भेरिएन्टमा उपलब्ध छ। यो म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक ब्लु रङमा पाइन्छ। रेस एडिसन भने रेड–ब्ल्याक र एल्लोे–ब्ल्याक रंङमा छ।

‘टिभिएस एनटर्क १२५ स्कुटर सबै ग्राहकबीच लोकप्रिय बनेको छ र रेस एडिसनले पनि ग्राहलाई थप सन्तुष्टि दिनेमा विश्वस्त छौं,’ जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘सन् २०२० मा एनटर्क १२५ नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने १२५ सिसीको प्रिमियम स्कुटर बन्न सफल भएको थियो।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न