घर्किँदै कांग्रेस महाधिवेशन, देउवाको ध्यान सरकारमा


विचार
आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत


काठमाडौं-

संविधानअनुसार ६ महिना म्याद थप गरेको कांग्रेसले तोकिएको मितिमा महाधिवेशन गर्न नसके वैधानिकता नै गुम्ने जोखिम बढेको छ। महाधिवेशन सम्पन्न गर्न नेतृत्वबाटै ढिलासुस्ती हुन थालेपछि कांग्रेसको वैधानिकता गुम्ने जोखिम बढेको हो।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउन अब मुस्किलले दुई महिना बाँकी छ। आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय पार्टीको छ।

समय घर्किँदै गइरहे पनि महाधिवेशनका लागि कांग्रेसको तयारी भने फितलो देखिएको छ।

१३ औं महाधिवेशन सकिएको दिनबाट २०७६ फागुनभित्र कांग्रेसले १४ औं महाधिवेशन गरिसक्नुपर्ने थियो। तर, विभिन्न कारण देखाउँै विधान अनुसार नै उसले महाधिवेशनको मिति एक वर्ष धकेल्यो।

कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको डेटा सिस्टम इन्ट्री गर्न दिएको अन्तिम म्याद मंगलबार राति १२ बजे सकिँदैछ।

हालसम्म करिब ८ लाख डेटा इन्ट्री भएको छ। तर, कतिपय जिल्लामा विवादका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणसमेत हुनसकेको छैन।

यसैगरी कतिपय जिल्लाको डेटा इन्ट्री नै भएको छैन। डेटा सार्वजनिक भइसकेपछि क्रियाशील सदस्यताको छानबिन गर्नुपर्ने छ।

पूर्वनिर्धारित महाधिवेशनको कार्यतालिकाअनुसार वडा तहको अधिवेशनका लागि अब दुई साताको समय मात्रै बाँकी छ। तर, अहिलेसम्म क्रियाशील सदस्यता वितरण नै संकलन भइसकेको छैन।

एक वर्ष थप गरिएको समयमा पनि कार्यतालिकाअनुसार काम गर्न नसकेपछि संविधानअनुसार ६ महिनाको समय पनि गुज्रिन थालेपछि फेरि पनि महाधिवेशन हुँदैन कि भन्ने प्रश्न कांग्रेसभित्र उठ्न थालेको छ।

संस्थापन पक्षले कोरोनाका कारण कार्यतालिकाअनुसार तयारी हुन नसकेको बताइरहेको छ भने इतर पक्षका नेताहरूले पार्टी नेतृत्वले महाधिवेशन गर्न नचाहेको आरोप लगाउँदै आइरहेका छन्।

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला महाधिवेशन गराउन सभापतिले चासो नदिएजस्तो देखिएको बताउँछन्।

‘महाधिवेशन भएन भने हाम्रो वैधानिकता समाप्त हुन्छ, वैधानिकता नै सकिएपछि अप्ठ्यारो पर्ने निश्चित हो,’ आयोमेलसँग कोइरालाले भने,‘युद्धस्तरमा काम गर्नुपर्ने अवस्था छ। खासगरेर क्रियाशील सदस्यताका लागि।’

कोरोनाका कारण तोकिएअनुसार अब काठमाडौंमै सम्भव नरहेकाले जिल्ला–जिल्लामा मतदानको व्यवस्था मिलाएर पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने उनको सुझाव छ।

मतदाता हुने भएकाले कांग्रेस महाधिवेशनमा हरेकपटक क्रियाशील सदस्यता वितरण विवादित बन्ने गरेको छ। र, विगत झैं यसपटक पनि त्यो समस्या देखिएको छ।

तर, क्रियाशील सदस्यता वितरणलाई विवादित नबनाएर महाधिवेशन सम्पन्न गर्न सकिने तर्क कोइरालाको छ।

‘क्लियर भइसकेको जिल्ला, क्षेत्र र वडालाई १४ औं महाधिवेशनबाट, वितरण नै नभएको स्थानमा १३ औं महाधिवेशन र विवादित क्रियाशीललाई १५ औं महाधिवेशनका लागि थाति राख्नसकिन्छ,’उनी भन्छन्,‘पहिले पनि यसो गरिएकाले अहिले पनि गर्दा फरक पर्दैन।’

पार्टीको वैधानिकता गुम्ने जोखिम बढ्न थालेपछि कोरोना महामारीका बीच १४ औं महाधिवेशनका लागि वैकल्पिक उपाय खोजिनुपर्नेमा नेताहरूले जोड दिएका छन्।

केन्द्रीय सदस्य धनराज गुरुङ पनि तरल राजनीति र कोरोना महामारीका बीच फरक प्रक्रिया अपनाएर महाधिवेशनमा जानुपर्ने तर्क गर्छन्।

‘भीडभाड नगरी फरक प्रक्रिया अपनाएर सभापतिज्यूलाई सुझाव दिएका छौं,’ मंगलबार सभापति शेरबहादुर देउवालाई भेटेका गुरुङले भने,‘जिल्ला जिल्लामा मतदानको व्यवस्था गर्न भनेका छौं।’

यसैगरी वडा र गाउँ तहमा पनि कम भीडभाड नहुने उपाय अपनाइ अधिवेशन सम्पन्न गर्न आफूहरूले सुझाव दिएको उनले बताए।

आफूहरूको सुझावमा सभापति देउवा सकारात्मक देखिएको र चाँडै पदाधिकारी बैठक बोलाएर छलफल गर्ने प्रतिवद्धता जनाएको गुरुङले बताए।

गुरुङसँगै सभापति देउवासँग भेट गरेका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले क्रियाशील सदस्यताकै कारण महाधिवेशन नरोकिने बताए।

‘पार्टी वैधानिकताको जोखिममा छ, जोखिमरहीत बनाउन जसरी पनि महाधिवेशन गर्नुपर्ने छ,’ पौडेल भन्छन्,‘कांग्रेसको महाधिवेशन रोकिने विषय क्रियाशील सदस्यता हो। तर, यसकै कारण रोकिने सम्भावना छैन।’

यसअघिको कार्यतालिकाअनुसार काम अगाडि बढ्न नसकेको हुँदा नयाँ कार्यतालिका प्रकाशन गर्न सुझाव आफूहरूले दिएको उनले बताए।

मंगलबार केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेललगायतका नेताहरू सभापति शेरबहादुर देउवालाई भेटेर कार्यतालिकामा परिवर्तन गर्नका साथै महाधिवेशन सम्पन्न गर्न उपाय खोजी गर्न आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न