प्रदेश २ : मन्त्रीमण्डल पुनर्गठनमा रस्साकस्सी


विचार
आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश

आयाेमेल संवाददाता
अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं…

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको


काठमाडौं

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार राति एक मन्त्री तथा तीन राज्यमन्त्रीलाई बर्खास्त गरे।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यसमेत रहेका मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरू डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डल बर्खास्तीमा परे।

महन्थ पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएसँगै पूर्वराजपाका चारै जनालाई बर्खास्त गरेर कांग्रेस र माओवादीलाई भित्र्याउने ध्येय मुख्यमन्त्री राउतको छ।

र, यसका लागि जसपा अध्यक्ष उपेन्द्र यादव आफैं चार दिनदेखि जनकपुरमा अड्डा जमाएर बसेका छन्।

माओवादी केन्द्रका तर्फबाट सार्‍है समस्या नदेखिए पनि कांग्रेससँग कुरा नमिल्दा मन्त्रीमण्डल पुनर्गठनमा रस्साकस्सी भइरहेको छ।

सरकारमा सहभागी हुनबारे सम्पूर्ण विषयमा सहमति जुटाउन कांग्रेसले प्रदेश संसदीय दलका नेता रामसरोज यादवलाई जिम्मेवारी दिएको छ। संसदीय दलका नेता यादव निरन्तर संवादमा जुटेका छन्।

सरकारमा सहभागी हुन कांग्रेसले कम्तिमा तीन वटा मन्त्रालय पाउनुपर्ने माग अघि सारेको छ। तर, तत्काल मन्त्री पदबाट बर्खास्त भएका सोनल नेतृत्वको भौतिक पूर्वाधार विकास मन्त्रालयबाहेक अरू कुनै मन्त्रालय रिक्त छैन।

त्यसैले कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा भित्र्याउन राउतसामु मन्त्रालय टुक्र्याउनबाहेक अरू कुनै विकल्प छैन। अहिले कायम रहेको ६ मन्त्रालयलाई टुक्र्याइ १० वटा बनाएर कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराउने कसरतमा राउत जुटेका छन्। मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, वन पर्यटन तथा वातावरण मन्त्रालयलाई टुक्र्याउन खाजेका छन्।

सोमबार बिहान दुवैतर्फको कार्यदलमा सहमति जुट्न नसकेपछि राति मुख्यमन्त्री राउत र कांग्रेस संसदीय दलका नेता यादवबीच वार्ता भएको थियो। तर, त्यो वार्ता निष्कर्षमा पुग्न नसकेपछि मन्त्रीमण्डल पुनर्गठन गर्न राउतलाई थप सकस परेको छ।

स्रोतका अनुसार मुख्यमन्त्री राउतले तत्काल एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन गरेको आग्रह कांग्रेस संसदीय दलका नेता यादवले अस्वीकार गरिदिएका छन्।

‘बाँकी मन्त्रालय पछि टुंग्याउने गरी मुख्यमन्त्रीज्यूले तत्काल एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह गर्नुभयो,’ स्रोतले भन्यो,‘तर कांग्रेस त्यो प्रस्ताव मान्न तयार भएन।’

कांग्रेसले सबै मन्त्रालय एकैसाथ टुंगो लगाएर सरकारमा सामेल हुने अडान राखेको स्रोतको भनाइ छ।

‘मुख्यमन्त्रीज्यूले थप गृहकार्य गर्नुपर्ने जरूरी देखियो, कुन मन्त्रालय कसरी टुक्र्याउने पहिले उहाँले टुंगो लगाउनुपर्छ,’ कांग्रेस संसदीय दलका नेता यादवनिकट स्रोतले भन्यो,‘मन्त्रालय स्पष्ट भइसकेपछि मात्र सरकारमा सहभागी हुने कुरा अगाडि बढाउन सहज हुन्छ।’

कांग्रेसले मन्त्रालय स्पष्ट गर्न भनेपछि मुख्यमन्त्री राउत मन्त्रायल टुक्र्याउने कसरतमा जुटेका छन्। राउत निकट स्रोतका अनुसार सम्भवतः मंगलबार नै मन्त्रालयको टुंगो लगाउने तयारी छ।

‘कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मन्त्रालय टुक्रा गर्नुको विकल्प छैन,’ मुख्यमन्त्री राउतनिकट स्रोतले भन्यो,‘गृहकार्य सुरू भइसकेको छ। सम्भवतः आजै टुंगिन्छ।’

महन्थपक्षीय पूर्वराजपालाई सरकारबाट बर्खास्त गरेका राउत प्रदेशसभामा जेठ २७ गते नीति तथा कार्यक्रम पेश हुनअगावै कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन खोजेका छन्। र, यसका सरकार र कांग्रेसबीच तारन्तार वार्ता भइरहेको छ।

‘वार्ता निरन्तर जारी छ। छलफल सकारात्मक ढंगबाटै अगाडि बढिरहेको छ,’ राउतनिकट स्रोतले भन्यो,‘आजै टुंगो लगाएर साँझसम्म मन्त्रीमण्डल पुनर्गठन हुनसक्छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने

आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो