साढे ७ लाख कर्मचारीलाई सिँत्तैमा ४३ अर्बको स्मार्टफोन बाँड्दै वालमार्ट


विचार
आयाेमेल संवाददाता
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन

आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै


अमेरिकी बहुराष्ट्रिय खुद्रा व्यापार कम्पनी वालमार्टले आफ्ना करिब साढे ७ लाख कर्मचारीलाई सिँत्तैमा सामसङको स्मार्टफोन वितरण गर्ने घोषणा गरेको छ।

वालर्माटले यो वर्षको अन्त्यसम्ममा ७ लाख ४० हजार कर्मचारीको हातमा सामसङको स्मार्टफोन पुर्‍याइसक्ने जनाएको छ। नयाँ स्मार्टफोन पाएपछि कर्मचारीलाई नयाँ एममार्फत कामको सूची व्यवस्थापन गर्न सहज हुने उसको भनाइ छ।

वालर्माटका अनुसार कर्मचारीलाई सामसङको ‘ग्यालेक्सी एक्स कभर प्रो’ मोडेलका स्मार्टफोन वितरण गर्न लागिएको हो। त्यस्ता स्मार्टफोन कर्मचारीले व्यक्तिगतरूपमा प्रयोग गर्न पनि सक्नेछन्।

यस्ता स्मार्टफोनको खुद्रा मूल्य प्रतिथान ४ सय ९९ अमेरिकी डलर (करिब ५८ हजार रुपैयाँ) रहेको छ। वालर्माटले सबै कर्मचारीलाई उक्त स्मार्टफोन वितरण गर्नका लागि ३६ करोड ९२ लाख ६० हजार डलर (४२ अर्ब ८३ करोड ४१ लाख ६० हजार रुपैयाँ) खर्च हुने बताएको छ।

वालर्माटका अनुसार सिँत्तैमा दिइने स्मार्टफोनमा कामसम्बन्धी फिचरमात्र चलाउन पाइने छ। ‘मिएटवालमार्ट’ नामको एप चलाउन मिल्ने त्यस्ता स्मार्टफोन अमेरिका र यस क्षेत्रका अन्य सहायक कम्पनीका कर्मचारीको समय बचतका साथै काममा सहजता ल्याउन वितरण गर्न लागिएको हो।

‘हामीलाई विश्वास छ, यस्तो कदम खुद्रा व्यापार उद्योगमा पहिलोपटक घोषणा गरिएको हो,’ वालमार्टले भनेको छ, ‘अहिलेसम्म वालमार्ट स्टोरहरूमा कामबारे सम्पर्क गर्न कर्मचारीले ह्यान्डहेल्ड उपकरण प्रयोग गर्दै आएका छन् तर स्मार्टफोन प्रयोग परीक्षणको नतिजा सकारात्मक आएकाले हामी यसमा अगाडि बढेका हौं।’

नयाँ एप जडित उक्त स्मार्टफोनमा कर्मचारीका लागि कामको विवरण, एकअर्काबीच कुराकानी गर्न मिल्ने, फोनबाटै हाजिर गर्न मिल्ने, भ्वाइसमार्फत सहायता पाउनेलगायत फिचर उपलब्ध गराइएका छन्।
वालमार्टले अर्को महिनाभित्र यो एपमा कर्मचारीले गोदामबाट सामान ल्याउने बेलासम्मको समय कम गर्ने फिचर पनि थप्ने योजना बनाएको छ।

कम्पनीले यो स्मार्टफोनमा कुनै पनि कर्मचारीको व्यक्तिगत विवरण नसमेटिने प्रतिबद्धता जनाएको छ। कर्मचारीले व्यक्तिगत सरह स्मार्टफोन प्रयोग गर्न सक्ने र यसमा विगतमा प्रयोग गरिने सबै फिचर र गोपनियता उपलब्ध हुने वालमार्टको भनाइ छ।

वालमार्टले यो वर्ष सुरुवातमा अमेरिकास्थित आफ्ना १६ लाख कर्मचारीको एक तिहाइलाई तलब वृद्धि गर्ने घोषणा गरेको थियो। गत फेब्रुअरीमा डिजिटल र स्टोरमा कार्यरत कर्मचारीको प्रतिघन्टा तलब १३ डलर (१ हजार ५ सय ८ रुपैयाँ) बाट बढाएरु १९ डलर (२ हजार २ सय ४ रुपैयाँ) पु¥याएको थियो।

५८ वर्षअघि सन् १९५२ मा अर्कान्ससमा स्थापना भएको वालर्माटका हाल विश्वभरि १० हजार ५ सय २६ स्टोर सञ्चालनमा छन्। उत्तर अमेरिका र क्यानडामा यसका सबैभन्दा धेरै स्टोर छन्।

विश्वभरि गरी कूल २२ लाख कर्मचारी रहेको वालमार्टले सन् २०२० मा ५ खर्ब ५९ अर्ब २० करोड डलर आम्दानी गरेको थियो। यसको कूल सम्पत्ति २ खर्ब ५२ अर्ब ५० करोड डलरबराबर पुगेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन दुई कम्युनिस्ट घटक अहिले झापामा तछाडमछाड गरिरहेका छन्। झापा क्षेत्र

मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि