प्रदेश २ : महन्थ पक्षका चारमन्त्री बर्खास्त, साेमबार मन्त्रिमण्डल पुन:गठन


विचार
आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत


काठमाडौं

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरेका छन्।

राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरेका हुन्।

मन्त्रीबाट बर्खास्त गरिएका भौतिक पूर्वाधार विकासमन्त्री सोनल तत्कालीन राजपाका संसदीय दलका नेतासमेत हुन्।

पूर्वराजपाबाट प्रदेश २ सरकारमा प्रतिनिधित्व गरिरहेका चारजनालाई राउतले बर्खास्त गरेपनि सोही पार्टीबाट सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय भने जोगिएका छन्।

साह र राय पछिल्लो समय महन्थलाई छोडेर उपेन्द्र ‘क्याम्प’ तिर आएका थिए।

महन्थपक्ष प्रधानमन्त्री ओली नेतृत्वको सरकार सहभागी भएसँगै प्रदेश २ मा मन्त्रिमण्डल हेरफेरको सम्भावना बढेको थियो। र, यसै सिलसिलामा जसपा अध्यक्ष उपेन्द्र यादव शुक्रबार जनकपुर पुगेका थिए।

शुक्रबारदेखि लगातार तीन दिन पार्टीका प्रदेश सांसद, विपक्षी दलका नेतालगायतका नेतासँग उनले छलफल गरेका थिए।

संसदीय दलको नेतामा राउत चयन
चारजना मन्त्रीलाई बर्खास्त गर्नुअघि आइतबार नै मुख्यमन्त्री राउत जसपा संसदीय दलका नेता चयन भएका छन्। जसपाका ४० भन्दा बढी प्रदेशसभा सदस्यको समर्थनमा राउत दलको नेतामा चयन भएका हुन्।

पूर्वराजपा र समाजवादी पार्टी एकीकरण भएर जसपा बनेको एक वर्ष बितिसक्दा पनि संसदीय दलको नेता चयन हुन सकेको थिएन।

राउतलाई संसदीय दलको नेता चयन गरिएकोप्रति महन्थ पक्षले आपत्ति जनाएको छ। विधान नै नबनेको अवस्थामा संसदीय दलको नेता चयन गरिएको भन्दै महन्थ पक्षले आपत्ति जनाएको हो।

साथै दलको नेता चयन गर्ने विषयमा आफूहरूलाई जानकारीसमेत नदिइएको उनीहरूको आरोप छ।

मन्त्रिमण्डल पुन:गठन
राउतले चार जना मन्त्रीलाई बर्खास्त गरेसँगै सोमबार नै मन्त्रिमण्डल पुन:गठन गर्ने तयारी रहेको जसपा स्रोतले जनाएको छ।

उपेन्द्र पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र र एमाले नेपाल–खनाल पक्षलाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डल पुन:गठनको तयारी गरेको छ।

कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने लगभग निश्चित रहे पनि एमालेभित्रको विवादका कारण नेपाल–खनाल पक्ष तत्काल सरकारमा सहभागी हुने सम्भावना न्यून देखिएको छ।

सत्ता सहकार्यकै विषयमा जसपा अध्यक्ष यादव र नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच आइतबार भेटवार्तासमेत भएको छ। नेपाली कांग्रेसले सत्ता सहकार्यबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता रामसरोजलाई दिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न