प्रदेश २ : तीन प्रदेशसभा सदस्यसहित ११ जनामा संक्रमण पुष्टि


विचार
आयाेमेल संवाददाता
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन

आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै


जनकपुरधाम

प्रदेश २ प्रदेशसभाका तीन सदस्यसहित ११ जनामा संक्रमण पुष्टि भएको छ। सोमबारदेखि सुरू हुन लागेको छैटाैं अधिवेशनअघि गरिएको कोरोना परीक्षणमा आइतबार उनीहरूमा संक्रमण देखिएको हो।

प्रदेशसभा सचिवालयका एक कर्मचारीका अनुसार प्रदेशसभा सदस्य सत्यनारायण मण्डल, मन्जुकुमारी यादव र नागेन्द्र सिन्हामा संक्रमण पुष्टि भएको छ।

यसैगरी प्रदेशसभाका एक चिकित्सक, दुई प्रहरी, तीन कर्मचारी र दुई प्रदेशसभा सदस्यका चालकमा संक्रमण पुष्टि भएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ।

संक्रमण पुष्टि भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

कोरोना संक्रमण पुष्टि भएका तीन प्रदेशसभा सदस्यहरूले सोमबारदेखि सुरू हुनलागेको बजेट अधिवेशनमा भर्चुअल प्रविधिबाट भाग लिने प्रदेशसभा सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन दुई कम्युनिस्ट घटक अहिले झापामा तछाडमछाड गरिरहेका छन्। झापा क्षेत्र

मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि