वायरलेस चार्जिङसहितको ‘आइप्याड प्रो’ ल्याउँदै एप्पल


विचार
आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश

आयाेमेल संवाददाता
अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं…

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको


आइफोन निर्माता एप्पलले बिनातार चार्ज गर्न मिल्ने ‘आइप्याड प्रो’ बजार ल्याउने तयारी तीव्र गतिमा अगाडि बढाएको छ।

एप्पलले सन् २०२२ भित्र आइप्याड प्रो र यो वर्षको अन्त्यमा ‘आइप्याड मिनी’ सार्वजनिक गर्ने तयारी अगाडि बढाएको हो। आइप्याड मिनी भने ६ वर्षमा पुनः नयाँ डिजाइनमा आउन लागेको हो। कोरोना महामारीले खस्किएको आइप्याड वर्गको बजारलाई पुनर्ताजगी दिन एप्पलले काम गरिरहेको छ।

आइप्याड प्रोको अर्को विशेषता भनेको यसको पछाडिको भाग शिशाको हुनेछ। उपभोक्तालाई नयाँ डिजाइनको स्वाद पस्किन आइप्याड प्रोको एलुमिनियमको भाग हटाएर शिशाको राख्ने लागेको हो।

आइप्याड प्रोको नयाँ मोडेलमा एप्पलले वायरलेस (ताररहित) चार्जिङ र पछाडिको भाग शिशाको पहिलोपटक राख्न लागेको हो। यसले आइप्याडलाई आइफोनसँग थप नजिक बनाउने एप्पलको विश्वास छ।

त्यसैगरी नयाँ डिजाइन गरिएको आइप्याड मिनीमा भने स्क्रिन बोर्डर अझै सानो बनाइएको छ भने होम बटन पनि हटाइएको छ, जसले उपभोक्तालाई नयाँ अनुभूति प्रदान गर्ने एप्पलको भनाइ छ।

पावर केबुलको सट्टा वायरलेस चार्जिङले आइप्याडलाई चार्ज गर्न धेरै नै सहज हुनेछ। वायरलेस चार्जिङ स्मार्टफोनमा धेरै समय अघिदेखि नै चलनमा रहेको छ। तर, ट्याब्लेट वर्गमा यो पहिलोपटक प्रयोग गर्न लागिएको हो।

एप्पलले २०१७ मै आइफोनमा वायरलेस चार्जिङ सुविधा प्रयोग गरेको थियो। त्यसमाथि गत वर्ष त्यसमा थप सुधार गरी चुम्बकमा आधारित म्यागसेफ प्रणाली ल्याएको थियो, जसले मोबाइल चार्ज गर्न अझै सहज बनाएको छ। आइप्याड प्रोमा पनि एप्पलले म्यागसेफ जडान गर्ने योजना बनाएको छ।

पछिल्ला केही वर्षयता एप्पलको पोर्टफोलियो विस्तारमा महत्वपूर्ण योगदान दिँदै आएको आइप्याडलाई कोरोना महामारीका बेला नयाँ डिजाइन र नयाँ सुविधासहित उपभोक्तामाझ ल्याउने तयारी एप्पलको छ।

सन् २०२० को पहिलो ६ महिनामा एप्पलको आइप्याड बिक्री अघिल्लो वर्षको सोही अवधिको दाँजोमा ४३ प्रतिशतले बढेको थियो। यो सफलता बढ्दै गएर २०२१ को पहिलो त्रैमासिकमा एप्पलको ट्याब्लेट बिक्री ७९ प्रतिशतले बढेर ७ अर्ब ८० करोड अमेरिकी डलर आम्दानी भएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने

आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो