एमाले विवाद

आत्मालोचना गरेर ओली जेठ २ मा फर्किए नेपाल-खनाल समूह मिल्न तयार


विचार
आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश

आयाेमेल संवाददाता
अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं…

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको


काठमाडौं-

नेकपा एमालेबाट निष्कासनमा परेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर २०७५ जेठ २ मा फर्किए मिल्न तयार रहेको बताएको छ।

बिहीबार भर्चुअल माध्यमबाट भएको यो समूहका केन्द्रीय सदस्यहरूको छलफलमा बोलेका अधिकांश नेताले अन्तिम समयसम्म पनि एकताका लागि प्रयास गर्नुपर्ने भन्दै जेठ २ मा फर्किंदा ओलीको आत्मालोचना पनि हुनुपर्ने बताएका हुन्।

‘आज पहिलो दिनको छलफलको मुख्य जोड नै पार्टी एकता बचाउन अन्तिम समयसम्म प्रयास गर्नुपर्छ भन्ने नै रह्यो,’ बैठकमा सहभागी केन्द्रीय सदस्य निरुदेवी जैरुले आयोमेलसँग भनिन्, ‘पार्टी विधि र सिस्टमबाट चल्नुपर्छ, अहिले एमालेमा विचारको स्खलन आएको छ, राष्ट्रियता, संघीयता, संविधानको विषय धरापमा छ भन्ने कुरा छलफलमा उठेका छन्।’

छलफलमा नेता नेपाल र खनालले पनि आफू एकताको पक्षमा नै रहेको र अन्तिम समयसम्म त्यसका लागि प्रयास जारी राख्ने बताएको अर्की एक केन्द्रीय सदस्य रचना खड्काले बताइन्।

‘पछिल्ला समय जसरी पार्टी एकता रक्षार्थ वार्ता भनिएको छ त्यसमा कसरी अगाडि बढ्ने भन्नेमै छलफल केन्द्रित रह्यो,’ खड्काले भनिन्, ‘हामी एकता बचाउनुपर्छ भनेर लागिरहँदा अध्यक्ष ओली चाहिँ के चाहिरहनुभएको छ, त्यो कुराले पनि ठूलो महत्व राख्छ किनकि हामी एकता भनेर लागेका छौं तर अध्यक्षका गतिविधि एकता नै चाहेजस्तो देखिँदैन।’

एकातर्फ विवाद समाधानका लागि कार्यदल बनाउने तर लगत्तै कार्यदलका संयोजकलाई निष्कासन गर्नुले ओली एकता नै चाहँदैनन् कि भन्ने संशय पनि छलफलमा व्यक्त भएको खड्काले बताइन्।

‘हामी एकताको पक्षमा भएको भएर त्यसका लागि इमान्दार प्रयत्न गर्ने नै हाम्रो कुरा हुन्छ, तर अध्यक्ष एकताको पक्षमा भएजस्तो देखिँदैन,’ नेताहरूमाथिको कारबाहीका सम्बन्धमा के छलफल भयो भन्ने जिज्ञासामा खड्काले भनिन्, ‘लगातार नेताहरूमाथि कारबाही भइरहेको छ। वार्ता कमिटीको संयोजकलाई नै कारबाही गरेपछि त अध्यक्ष आफैंले एकताको ढोका बन्द गर्न खोजेको नै देखिन्छ। तर, हामी एकताको ढोका ढकढक्याउँदै गएका छौं, त्यसैले पार्टीको एकता हुन्छ भने यो कारबाहीको कुनै अर्थ छैन र यो बैधानिक पनि होइन। किनकि, यो एउटा गुटले गरेको कारबाही हो। त्यसैले कारबाहीलाई ठूलो विषय बनाएर एकताको ढोका बन्द गर्ने भन्दा पनि केपी ओलीसँग हुने अन्य मानिस पनि होलान् उनीहरूसँग कुरा गरौं। पार्टीलाई विभाजित बनाएर लैजाँदा कुनै भविष्य छैन भन्ने त बुझ्लान्। हामी हाम्रो ठाउँबाट प्रयत्न गरौं भन्ने कुरा आजको छलफलको निष्कर्ष हो।’

तर, एकताका लागि आफूहरूको ‘ग्रे-लाइन’ जेठ २ रहे पनि संसद विघटन गरेर गल्ती गरेँ भन्ने आत्मालोचना भने ओलीले गर्नुपर्ने नेताहरूको जोड छ। ‘विघटनको कुरा अदालतमा पुगको छ। अदालतले गर्ने फैसला मान्नुपर्छ। त्यो कुरा एकताको बाधक नै बन्नुपर्छ भन्ने पनि भएन। तर, केपी ओलीले राजनीतिकरूपमा गरेका गल्तीहरूमा आत्मालोचित त हुनुपर्छ भन्ने नै धेरै नेताहरूको जोड छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने।

माधव नेपालको जोड पनि एकता नै

छलफलमा नेताहरूलाई ब्रिफिङ गरेका नेता नेपालले पनि एकताकै लागि जोड दिएका थिए। एमालेबाट अलग्गिएर नयाँ पार्टी खोल्ने तयारीमा यो समूह रहेको हल्लाबीच छलफलमा भने नेता नेपाल निकै संवेदनशील भावमा प्रकट भएका थिए।

उनले आफू अझै पनि सिंगो र एक ढिक्का एमालेको पक्षमा रहेको भन्दै त्यसका लागि अन्तिम समयसम्म प्रयत्न जारी राख्ने बताएको केन्द्रीय सदस्य खड्काले बताइन्।

‘एकताको सवालमा कोसिस जारी राखौं। हामी एकताको पक्षमा नै हो, त्यही भएर त फागुन २३ को सर्वोच्चको फैसलापछि एमालेलाई अगाडि बढाउने भनेर आयौं। हामी एकताको बाधक होइनौं,’ नेता नेपालको भनाई उदृत गर्दै खड्काले भनिन्, ‘केपी ओलीले एकता नै चाहेनन् भनेदेखि के गर्ने त, कहिलेसम्म कुर्ने? त्यसैले धेरै अन्योलमा पनि नबसौं। यो सबैका विरुद्ध संघर्ष गर्ने मनस्थिति बनाऔं। त्यो कुरा पार्टी एकताबद्ध भएर पनि हुनसक्छ, एक भयौं भने पनि यसलाई सुधार्न त संघर्ष नै चाहिन्छ।’

नेता नेपालले भोलिको छलफलमा विस्तृतमा आफ्ना कुरा राख्ने बताएको समेत खड्काले बताइन्।

झलनाथको प्रस्ताव : पार्टी बचाउने जिम्मा युवा पुस्ताले लिनुस्

छलफलमा वरिष्ठ नेता खनाल भिन्न भावमा प्रकट भए। र, उनले पार्टी एकताका लागि अब युवा पुस्ताले नै नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए।

‘हामीले हाम्रो समयमा दुःख गर्‍यौं, छिन्नभिन्न पार्टीलाई जोडेर यहाँसम्म ल्यायौं। अब त युवाहरूले आँट गर्नुस्। तपाईंहरू वार्ता गर्नुस् अन्तिमसम्म,’ नेता खनालको भनाइ उदृत गर्दै खड्काले भनिन्, ‘एकता भए त ठिकै छ। नभए पनि कम्युनिस्ट पार्टीलाई नयाँ हिसाबले पुनर्गठित गर्नुपर्ने ठाउँमा पुग्यो। पार्टी बिग्रियो। कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो भएन। त्यसैले तपाईं युवाहरूले नेतृत्व लिनुस् एजेन्डाहरूमा। अब हामी त ७० वर्ष पुग्यौं, हाम्रो मात्र भरले हुँदैन।’

तर, यति भन्दाभन्दै पनि नेता खनालले ओलीको सर्वसत्तावादसँग भने झुक्न नहुनेसमेत बताएका थिए।

‘एकता हुनुपर्छ तर ओलीको मनपरी र सर्वसत्तावादलाई स्वीकार्न सकिन्नँ। ओलीले प्रधानमन्त्रीबाट राजनीमा दिएर मार्गप्रशस्त गर्नुपर्छ। किनकि, पार्टी र सरकार नै विधिअनुरूप चलेका छैनन्,’ बैठकमा सहभागी अर्का एक केन्द्रीय सदस्यले भने।

केही भ्रम चिरिए

छलफल सुरुवातमा केन्द्रीय सदस्यहरुले नेताहरूमाथि कारबाही हुँदासमेत केही नेता आफूखुसी वार्ता गरेर हिँडेको भन्दै आपत्ति जनाएका थिए। तर, वार्तामा खटिएका नेताहरूले आफूहरू माधव नेपालसँगको छलफलपछि नै वार्तामा जुटेको बताए।

‘हामीमध्येका धेरैमा नेताहरू आफूखुसी वार्ता गरेर हिँड्नुभयो भन्ने भ्रम थियो। तर, आजको छलफलको सुखद पक्ष भन्नुपर्छ त्यो भ्रम चिरिएको छ। नेताहरू शीर्ष नेतासँगको छलफलपछि नै वार्तामा जुटेको कुरा थाहा भएको छ। त्यसले हामी निकै खुसी पनि भएका छौं,’ अर्का एक केन्द्रीय सदस्यले भने।

आजको छलफलमा ४२ नेताले आफ्ना धारणा राखेका थिए। अब बाँकी नेताले भोलि आफ्ना धारणा राख्ने र साझा निर्णय लिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने

आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो