बेलायतमा नेपाली भेरियन्टको भाइरस सरेको खबर गलत


विचार
आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत


काठमाडाैं

बेलायतको पत्रिका ‘डेली मेल’ ले नेपालमा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट बेलायतमा पनि भेटिएको दाबीका साथ जुन २ मा समाचार छाप्यो।

योसँगै देशभर चर्चा सुरु भयो–के साँच्चै नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेको हो?

पत्रिकामा, ‘नेपालमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट बेलायतीहरुको बिदाका निम्ति खतरनाक हुन सक्ने’ दाबी गरिएको छ।

‘नेपालबाट सुरु भएको ठानिएको नयाँ प्रकार युरोपमा पनि फैलिसकेको र तिनमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशङ्का रहेको,’ समाचारमा लेखिएको छ।

तर के यो साँचो हो त?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट हालसम्म पुष्टि नभएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा‍. कृष्णप्रसाद पौडेलले नेपालमा भेरियन्ट उत्पत्ति भएको बारेमा आफूहरुसँग कुनै जानकारी नभएको बताए। पौडेलले यस विषयमा बेलायतसँग सूचना मागिएको बताए।

विश्व स्वास्थ्य संगठनले पनि हालसम्म नेपालमा कुनै खालको नयाँ भेरियन्ट पत्ता नलागेको जानकारी दिएको छ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दे डब्लुएचओले ‘नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन। नेपालमा अल्फा (बी.१.१.७), कप्पा (बी.१.६१७.१) र डेल्टा (बी.१.६१७.२) भेरियन्टमात्रै देखिएको छ। यी तीनमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो।’

सामाजिक सञ्जालभरि डेली मेलमा छापिएको तथ्य गलत रहेको भन्दै चर्चा भइरहेको छ।

डेली मेलको समाचार पूरा पढ्दा यो तथ्य कहीँ कतैबाट पनि सत्य हो भन्ने पुष्टि भएको छैन।

कस्तो खालको नयाँ भेरियन्ट हो भनेर त्यसको नाम उल्लेख पनि गरिको छैन भने पुष्टि गर्नका लागि कुनै श्रोतको पनि उल्लेख गरिएको पाइएन।
उपचार गर्न नसकेपछि अस्पतालहरुले हार मानेको र स्वास्थ्य सेवा खस्केको समाचारमा उल्लेख गरिएको छ। त्यस्तै भारतबाट सरेको बी.१.१६७ भेरियन्ट भाइरसका कारण नेपालमा दोस्रो लहर फैलिएको समाचारमा लेखिएको छ।

तर नेपालमा हालसम्म बी.१.१६७ भेरियन्टको भाइरस नेपालमै छैन भने, भारतबाट डेल्टा (बी.१.६१७.२) फैलिएको हो।

बेलायतका नागरिकहरुलाई छुट्टीको समयमा भ्रमण गर्न कुन देशलाई हरियो लिष्टमा राख्नुपर्छ भन्ने बारेमा मात्र धेरै चर्चा गरिएको पाइयो।
त्यस्तै, पोर्चुगल र स्पेनमा पनि नेपाली भेरियन्टको भाइरस देखिएको भन्दै बेलायतले भ्रमणका लागि यी दुई देशलाई ग्रिन लिस्टमा नराख्ने तयारी गरेको समाचारमा उल्लेख छ।

समाचारमै पनि सरकारको सेज कमिटिले यस्तो कुराहरुमा बढी ध्यान नदिन अधिकारीहरुलाई बताएका छन् भने यो कोरोना भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने भएकाले यसको हजारौं भेरियन्ट हुन सक्ने भन्दै चिन्ता नगर्न भनेको उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न