नमुना संकलनमा ह्याम्सको लुट, सरकारले तोकेभन्दा दोब्बर असुल्दै


विचार
आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत


काठमाडौं धुम्बाराहीस्थित ह्याम्स अस्पतालले कोरोना परीक्षणका लागि गरिएको नमुना संकलनमा लुट मच्चाइरहेको पाइएको छ।

सरकारले घरमै गएर नमुना संकलन गरेवापत (जाँच शुल्क दुईहजार बाहेक) प्रतिव्यक्ति ५ सय रूपैयाँमात्रै सेवा शुल्क तोकिदिएको थियो।

तर, सरकारको निर्देशनविपरीत ह्याम्स अस्पतालले बिरामीबाट दोब्बर शुल्क असुलिरहेको छ। आयाेमेललाई प्राप्त बिलमा ह्याम्सले प्रतिव्यक्ति १ हजार रूपैयाँ लिएको छ।

ह्याम्सले नमुना संकलनमा मात्रै होइन, कोरोना संक्रमितको उपचारमा पनि यसैगरी लुट मच्चाइरहेको छ। अस्पतालले सूचना निकालेर नै संक्रमितको उपचारमा दैनिक ५० हजार लाग्ने र सहमतिपत्रमा हस्ताक्षर नगरी भर्ना नलिने जनाएको थियो।

कोरोना महामारीमा सर्वसाधारणसँग मनपरी शुल्क लिँदै आए पनि सरकारी निकाय भने यसबारे मौन छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सरकारले तोकेको भन्दा एक रूपैयाँ पनि बढी लिन नपाउने बताए। ‘महामारीका बेला पारेर सर्वसाधारणसँग बढी असुल्न पाइँदैन। कुनै पनि अस्पतालले सरकारले तोकेको भन्दा बढी लिएको खण्डमा कारबाही हुन्छ,’ डा. पौडेलले भने।

शुल्क अनुगमन गरिएको छैन : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याबको अनुगमनको काम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरिरहेको छ। तर, हालसम्म शुल्कको विषयमा कुनै अनुगमन नभएको प्रयोगशालाकी निर्देशक डा. रूना झा बताउँछिन्।

‘पैसाको भनेर अनुगमन गरिएको छैन। सरकारले तोकेको भन्दा बढी लिन नपाइने भनेर सूचना निकालिरहेका छौं,’ डा. झाले भनिन्। उनका अनुसार अनुगनमा जाँदा कसले कति लिएको छ भनेर रकमको विवरण हेर्ने गरिएको छैन।

‘अनुगनमा जाँदा बिरामीले नदिएसम्म अस्पतालले देखाउँदैनन्,’ डा. झाले भनिन्, ‘अनुगमनमा गएर हामीले ल्याबको सेटअप, रिपोर्टिङ कसरी गरिरहेका छन् हेर्ने गरेका छौं।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले