संसारकै ठूलो मासु प्रशोधन कम्पनीमा साइबर हमला


विचार
आयाेमेल संवाददाता
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन

आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै


ठूलो परिमाणबराबरको रकम माग गर्दै विश्वको सबैभन्दा ठूलो मासु प्रशोधन कम्पनी ‘जेबिएस’ मा साइबर हमला भएको छ। जेबिएसको कम्प्युटर नेटवर्कहरू ‘ह्याक’ गरिएका छन्।

साइबर हमलापछि जेबिएसको अस्ट्रेलिया, क्यानडा र अमेरिकास्थित प्लान्ट अस्थायीरूपमा बन्द गरिएका छन्। यसबाट हजारौं कामदार प्रभावित भएका छन्।

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार रुसस्थित एक अपराधिक संगठनले ठूलो परिमाणबराबरको रकमका लागि साइबर हमला गरेको जेबिएसले अनुमान गरेको छ।

साइबर हमलाका कारण मासु अभाव हुनसक्ने वा उपभोक्ताका लागि भाउ बढ्न सक्ने सम्भावना औंल्याइएको छ।

ठूलो परिमाणबराबरको रकम माग गर्न ह्याकरहरूले यस्ता कम्पनीका कम्प्युटर नेटवर्कमा प्रवेश गर्छन् र अवरोध सिर्जना गर्ने चेतावनी दिन्छन्, र माग गरिएको रकम प्राप्त नभएसम्म नेटवर्कका सबै फाइलट डिलिट गरिदिन्छन्।

ह्वाइट हाउसले संघीय जाँच ब्युरो (एफबिआइ) ले जेबिएसमाथि भएको साइबर हमलाबारे अनुसन्धान गरिरहेको जनाए पनि अपराधिक संगठनले कति रकम माग गरेको भन्ने केही खुलाइको छैन।

‘रुसस्थित एक अपराधिक संगठनले ठूलो परिमाणबराबरको रकम माग गर्दै जेबिएसमा साइबर हमला गरेको विषयमा हामी जानकार छौं,’ ह्वाइट हाउसका प्रवक्ता क्यारिन जाँ पियरेले भनिन्, ‘यस घटनाबारे हामी गम्भीर छौं।’

यस घटनाबारे ह्वाइट हाउसले रुसी सरकारसँग प्रत्यक्ष कुराकानी गरिरहेको उनले जानकारी दिइन्। ‘रुसी सरकारलाई हामी यो पनि सन्देश दिइरहेका छौं कि कुनै पनि राज्यले फिरौती माग गर्ने अपराधिक संगठनलाई शरण वा बढावा दिँदैन,’ उनले भनिन्।

आज बुधबार रुसका उपविदेश मन्त्री सर्गेई ¥याब्कोभले उक्त साइबर हमलाबारे अमेरिकाको बाइडेन प्रशासनसँग कुराकानी भइरहेको स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।

साइबर हमलामा परेको कम्पनी जेबिएसले समस्या समाधानका लागि महत्वपूर्ण प्रगति भएको र आज बेलुकासम्ममा सबै प्लान्ट सञ्चालनमा आउने जनाएको छ।

कम्पनीका अनुसार साइबर हमलाको आशंका गरिएका सबै सूचना प्रविधि प्रणाली स्थगन गरिएको छ। तर, ब्याकअप सर्भरमा भने कुनै हमला भएको छैन।

संसारको ठूलो मासु आपूर्तिकर्ता कम्पनी जेबिएसले हाल १५ देशमा १ सय ५० भन्दा बढी प्लान्ट सञ्चालन गरिरहेको छ। मासु व्यवसाय गर्ने उद्देश्यले सन् १९५३ मा जोस बाटिस्टा सोब्रिन्होले दक्षिण अमेरिकाको ब्राजिलमा यो कम्पनी स्थापना गरेका थिए। उनकै नामको छोटो रूप जेबिएसलाई कम्पनीको नाम दिइएको थियो।

जेबिएसमा हाल विश्वभरिका १ लाख ५० हजारभन्दा बढी कामदार छन्। ठूलो सुपरमार्केटदेखि मेकडोनाल्ड जस्ता फुड आउटलेट जेबिएसका ग्राहक हुन्। जेबिएसले अमेरिकामा खपत हुने ‘गाईको मासु’ (बिफ) मासुको एक चौथाइ र सुँगुरको मासु (पोर्क) खपतको पाँच भागको एक भाग आपूर्ति गर्दै आएको छ। (बिबिसीबाट)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन दुई कम्युनिस्ट घटक अहिले झापामा तछाडमछाड गरिरहेका छन्। झापा क्षेत्र

मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि