मिरमिरेमै खसेको एउटा ‘उज्ज्वल’ तारा


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


कुनै समय थियो, कसैलाई रिस उठ्यो कि सडक बन्द भइहाल्थ्यो। सडकमा टायर जल्थे। बजार बन्द हुन्थ्यो। सवारी साधन बन्द हुन्थे।

राजनीतिक होस् वा अरु कुनै आन्दोलन धेरैले जलेर खरानी हुनुपर्थ्यो।

युवाजमात राजनीतिदेखि वाक्क दिक्क भइसकेको थियो। बिरलै त्यस्ता युवा भेटिन्थे जो पढेलेखेर राजनीतिमा लाग्ने संकल्प गरोस्।

तर, समय फेरियो। विस्तारै राजनीतिप्रति युवाको सोच परिवर्तन हुन थाल्यो।

शान्ति प्रक्रियापछिका दिन र, खासगरी पहिलो संविधानसभा विघटन भइसकेपछि एकथरि युवा सडकमा प्लेकार्ड बोकेर निस्किए ‘अब के गर्ने?’

उनीहरू चुपचाप हुन्थे। कर्कस लाग्ने चिच्याहट थिएन। बस् मौन विद्रोहमात्रै थियो।

यो अभियानका अगुवा थिए, उज्ज्वल(बहादुर) थापा।

‘नेपाल बन्द होइन खुल्ला छ, सधैं खुला रहनेछ’ भन्ने अभियान सुरू गरेका थापासँगै देशभरका धेरै युवा जोडिन थाले।

छातीमा ‘मुस्कान’सहितको लोगो टाँसेर सडकमा निस्किने उज्ज्वलहरूले युवाको सोच र विद्रोहको तरिकै परिवर्तन गरिदिए।

‘विवेकशील नेपाली’को त्यो समूह पछि २०७० सालमा विवेकशील नेपाली दल बन्यो। र, त्यसका संस्थापक अध्यक्ष हुन् उज्ज्वल थापा।

देशका कर्णधार युवालाई सधैं ‘उज्यालो सपना’ देख्न सिकाउँदा सिकाउँदै कोरोनाको शिकार भएका थापा ४४ वर्षमै अस्ताएका छन्, मंगलबार अपरान्ह ४:२५ बजे।

‘उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू; नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरु; युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ’ उनका पार्टीका एकजना नेता रन्जु दर्शनाले भनेकी छिन्, ‘उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो। उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ!’

थापाले डा. गोविन्द केसीको अनसनमा पनि साथ दिएका थिए।

उनले ‘आफूहरूको आन्दोलन केही व्यक्तिहरूका स्वार्थका लागि मात्र नभएर सबै जनताका लागि हो’ भन्दै विभिन्न शैलीमा विरोध जनाउँथे। उनले युवालाई पनि चुनावमा सहभागी गराइनुपर्छ भनेर आवाज उठाएका थिए। आठ वर्षअघि काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनावमा पहिलो सहभागिता जनाएका थापाको चुनाव चिह्न ‘कुकुर’ थियो। पहिलो चुनावमै उनले १ हजार १ सय ६३ मत प्राप्त गरेका थिए।

‘हिंसात्मक राजनीतिक अवस्था बढिरहेका कारण आन्दोलनको प्रकृति परिवर्तन गर्न उहाँ सधैं अग्रसर हुनुहुन्थ्यो,’ विवेकशील साझा पार्टीका पूर्व सदस्य शशिविक्रम कार्कीले थापालाई सम्झिए, ‘अन्य व्यक्तिहरूको कुरा धेरै सुन्ने, आफ्ना कुरा पनि अहिंसा तथा शान्त भएर राख्ने भन्ने विषयलाई उहाँले जोड दिनुहुन्थ्यो।’ थापाले सहमति र असहमतिका सिद्धान्तमा जानुपर्ने भनेर आफूहरूलाई सिकाएको कार्की सुनाउँछन्। हरेक कुरामा अरूको पनि सुन्ने र आफ्नो पनि कुरा राख्न पाउनुपर्छ भनेर लाग्ने थापाको यही सिद्धान्त र मुस्कानसहितको राजनीति भनेर विवेकशील नेपाली दल स्थापना गरिएको थियो।

‘उहाँले हामीलाई केही व्यक्तिसँग आफ्नो विचार नमिले पनि व्यक्तिगतरूपमा नहेर्न र व्यक्तिगत जिन्दगी अलग राख्न सिकाउनु भएको थियो,’ कार्की भन्छन्, ‘यही ट्याक्टिस हामीले फलो गरेका हौं। थोरै मानिसको सहभागिताले पनि समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सोचले अघि बढ्दा आन्दोलनमा चारजना मात्र पनि सडकमा उत्रिएका थियौं।’

थापा सधैं संख्याले होइन आवाजले असर पार्छ भन्ने सोच लिएर राजनीतिमा प्रवेश गरेका थिए। उच्च शिक्षा हासिल गर्न अमेरिका गएका थापाले एस्ट्रोफिजिक्स अध्ययन पूरा गरेर नेपाल फर्किएका थिए।

त्यसपछि उनले आफ्नै सूचना प्रविधि कम्पनी सुरुवात गरेका थिए। उनले नेपालमै उद्यमी बन्नुपर्छ भनेर स्याङ्जामा कफी खेती पनि गरेका थिए। किसानका लागि सहकारी पनि स्थापना गरेका थिए।

उनले स्वच्छ राजनीतिक वातावरण सिर्जना गराउनुपर्छ भन्दै सबै व्यवसाय छाडेर राजनीतिमा लागेको उनका सहकर्मीहरू बताउँछन्। पछिल्लो समय विवेकशील पार्टी तथा साझा पार्टी एकतपछि उनले संयोजकबाट हट्ने निर्णय गरेका थिए। कोरोना संक्रमण हुनु अगाडि उनी सगरमाथा आधारशिविरसम्म पदयात्रामा गएका थिए।

त्यहीँबाट उनलाई कोरोना संक्रमण भएको आशंकापछि काठमाडौको मेडिसिटी अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने