महिनाको ९९९ रुपैयाँमा १२० एमबिपिएसको ‘सिजी नेट’


विचार
आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश

आयाेमेल संवाददाता
अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं…

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको

आयाेमेल संवाददाता
आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको…

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा


काठमाडौं-

सिजी कम्युनिकेसनले मंगलबारबाट काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ। मासिक ९ सय ९९ रुपैयाँमा १ सय २० एमबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न पाइने ‘सिजी नेट’ ले गुणस्तरमा सम्झौता नगर्ने कम्पनीले जनाएको छ।

सिजीका अनुसार हाल बजारमा उपलब्ध अन्य कम्पनीका इन्टरनेट सेवाभन्दा यो लगभग आधा सस्तो मूल्य हो। सिजी नेटले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउने छ। चाँडै आइपिटिभी र अन्य सेवा पनि ल्याइने छ।

भिडियो, ओटिटी प्लेटफर्म, वर्क फ्रम होम, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न सीजी नेटले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको जनाएको छ।

कम्पनीका अनुसार सुुरुवातमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुने तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले सेवा लिनसक्नेछन्। १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुनेछ। ग्राहकले माग गरेको ६ देखि २४ घन्टाभित्र इन्टरनेट जडान गरिने छ। यो वर्ष अन्त्यसम्ममा देशभरि सिजी नेट विस्तार गर्ने लक्ष्य छ। हालका लागि जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा सिजी डिजिटलका शाखा हुनेछन् ।

सेवा सुरुवातका अवसरमा १ सय २० एमबिपिएस गतिको इन्टरनेटका लागि मासिक ९ सय ९९ रुपैयाँ शुल्क तोकिएको छ। ११ हजार ९ सय ८८ रुपैयाँको वार्षिक प्याकेज लिनेलाई जडान खर्च, राउटर र केबुल निःशुल्क गरिएको छ। त्यस्तै मासिक, तीन महिने र ६ महिने प्याकेज लिँदा जडान र केबुल निःशुल्क हुनेछ।

सिजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिबद्धताअनुसार सीजी नेट सुरु गरिएको बताए।

‘दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ र माग पनि बढ्दो छ,’ चौधरीले भने, ‘नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो बलियो उपस्थिति जनाउन सिजीले कुनै कसर बाँकी राखेको छैन। मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठूलो अर्थ राख्नेछ।’

नोकियाको प्रविधिले उच्च गतिको सेवा प्रदान गर्न र भविष्यको बढ्दो बजार माग पूर्ति गर्न आफूहरू सक्षम हुने उनले बताए। सिजी कम्युनिकेसन्स चौधरी ग्रुप (सिजी) अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने कम्पनी हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने

आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो

पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्यप्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा