संविधानहीनतामा मुलुक : दोषी ओली-भण्डारी, मूल कारक ‘प्रचण्ड’


विचार
आयाेमेल संवाददाता
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन

आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै


हार्न त अहिले मुलुक र जनता हारिरहेका छन्। प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई जसरी पनि जित्छु भन्ने लागिरहेका होला। शेरबहादुर देउवालाई अहिले नभए, भोलि त जित्छु–जित्छु भन्ने लागिरहेकै होला। प्रचण्ड बिनाउद्देश्य, बिनारणनीति चल्ने चरित्र नै होइनन्– दायाँले काम नचले, बायाँ पल्टन सक्ने उनको खुबी छ। अर्थात, सबैले आ–आफ्नो भागको फसल पाउने तिर्सनामा विश्वास गरिरहेका होलान्। तर, राजनीतिको यो रोटेपिङबाट खस्ने को, भाउन्न हुने कसलाई? तिनै जनता, जसको जनमतमाथि अहिले निर्लज्ज खेलबाड भइरहेको छ। जसको तागत र विश्वासमा राज्य चलाएर शान्ति, समृृद्धि र गरिखाने वातावरण प्रत्याभूत गर्नुपर्ने हो, तिनैलाई महामारीबीच फेरि महँगो चुनावमा होमेर रसरङ गर्दैछन् नेपाली नेतृत्ववर्ग।

आफ्नो विवेकले काम गर्न नसक्ने नेताहरूले भरिभराउ मुलुक प्रतीत लाग्दैछ नेपाल। यहाँ अमूक वाह्य शक्तिले सधैं खेलिरहने ठानिन्छ। तिनै शक्तिले यदाकदा मूर्त क्रियाकलाप गरेर आफ्नो प्रभाव प्रकट गर्न खोज्छन् र एउटा आममनोभाव प्रसार गर्न खोज्छन्। नेपालमा नेपाली नेता आफ्नो वृत्ति संरक्षणका लागि जति पनि प्रयोग हुन सक्छन्। कस्तो विषाद, कस्तो फसाद!

यस्तो देखिँदा देखिँदै मुलुकमा अहिले एउटा ठूलो झेल चलिरहेको छ। पूरै प्रणाली विखण्डित गर्ने प्रयास भइरहेको छ। यसनिम्ति संविधानलाई नै आँखी बनाइएको छ। यो संविधानको अवसानबाट के–के उब्जाउने भन्ने सवालमा अनेक विकल्पमाथि एकैबाजी काम भइरहेको देखिन्छ। राजनीतिक दल, मोर्चा र संयन्त्रहरू कुनै न कुनै रूपले यसमा परिचालित भए झैं प्रतीत हुन्छ। हुन सक्ला, हिन्दुराज्य फर्केला। हुन सक्छ, राजसंस्थालाई सांस्कृतिक पहिचान दिलाइनेसम्मको अवस्था आउला। जुन मुद्दामा व्यापक जनसमर्थन जुट्ने अवस्था छ, जसबाट वर्तमान राजनीतिक मूलधारलाई एउटा दिर्घकालीन नियन्त्रित दायरामा तान्न सकिन्छ भन्ने लाग्ने हो, त्यसमै बढी जोड गर्छन् वाह्य शक्तिहङले पनि।

अकाट्य सत्य के हो भने नेपालीहङको प्रयास र समझबाट प्रेरित र उत्पन्न हुने परिवर्तनमात्र दिगो र फलदायी हुन्छ। वाह्य प्रभाव बढ्नु, बढ्न दिइनुमा हाम्रै पक्षका कमजोरी बढी दोषी छन्। हामी परिवर्तन चाहने, तर त्यसको ताल्चा साँचो चाहिँ दुरनियन्त्रण कक्षमा छाड्ने–यी एकदमै असंगतिपूर्ण व्यवहार हुन्। त्यो दुरनियन्त्रण कक्ष के हो, कहाँ छ–सबैले आ–आफ्नो ढंगबाट बुझेकै छन्। बोध गर्नुृपर्ने तथ्य यो छ कि पछिल्लो समय त्यही अमुक मुकामबाट नेपाललाई आफ्नो ‘ग्रिप’ मा राख्ने नयाँ डिजाइन बनेको हो, अनि उपयुक्त नेतृत्वको खोजी भइरहेको हो, जुन नेतृत्वसँग तोकिएको जिम्मेवारी पूरा गर्ने तागत पनि होस्।

नेपालमा गएको अक्टोबरदेखि लागू हुन थालेको यो राजनीतिक डिजाइनका सबैभन्दा दमदार गोटीका रूपमा केपी ओली छानिएका हुन्। चुच्चे नक्सा लागू गरेर नेपाली राजनीतिमा सबैभन्दा प्रभावशाली बनेर देखाएपछि ओली नै यो डिजाइनको प्रमुख हतियार बन्न लायक भएका हुन्। काश्मिरमा केन्द्रीय सत्ता प्रवेश, गलवान युद्धलगायत घटनाक्रमको आलोकमा नेपालमा चलिरहेको यो डिजाइनलाई बुझ्न जरुरी हुन्छ। ओलीलाई जुनसुकै सम्झौता गरेर भए पनि सत्ता टिकाउनुपर्ने बाध्यता थियो, त्यही कारणै उनी उक्त डिजाइनका हिस्सा बन्न पुगेका हुन्।


अहिले हामी सबै ओली–भण्डारीलाई सर्वथा दोषी देखिरहेका छौं। पक्कै पनि, उनीहरूकै हातबाट सबै मूल कार्य गराइएका छन्, यतिबेला। तर, उनीहरूलाई मात्र दोषको भारी बोकाइँदा नेपालमा नियन्त्रित अस्थिरता कायम गरेर आफ्नो उद्देश्य साँध्न चाहनेप्रतिको बुझाइ एकांकी हुन जान्छ।

वर्तमान संविधान खडगप्रसाद–प्रचण्ड–सुशीलको एकमतबाट ल्याइँदा भारत झस्केको हामीलाई थाहै छ। अन्तिम घन्टामा आएर रोक्न आग्रह गर्ने तत्कालीन विदेश सचिव एस जयशंकर अहिले विदेशमन्त्री नै छन्। त्यो आग्रह सफल नहुनु नयाँदिल्लीका लागि सबैभन्दा ठूलो चोट यस कारणले हुन गयो कि त्यसमा उसका आफ्नै घनिष्ठ राजनीतिक मित्र प्रचण्ड र ओलीले अनपेक्षित अडान लिन पुगे। त्यसैको परिणामस्वरूप नेपालमाथि नाकाबन्दी लाग्न पुग्यो, ओली एकाएक राष्ट्रवादी नेता बने, उनको लोकप्रियता चुलियो। ओली त्यतिबेला भारतलाई टक्कर दिने मसहुर नेता गनिए। लगत्तैको स्थानीय चुनावमा कांग्रेस र माओवादी मिले, सत्ता साझेदारी गरे। ओलीलाई झन लाभ हुने गरी राजनीति धु्रविकृत हुँदै गयो। त्यत्तिकैमा एकाएक एमाले र माओवादीबीच वाम एकीकरणको अवस्था बन्यो। यसमा उत्तरी छिमेक चीनको विशेष जोडबल रहेको दिल्लीको बुझाइसँगै नेपालमा नयाँ खेल सुरु भयोे।

ओली र प्रचण्डको गठजोडबाट झन्डै दुई तिहाई प्राप्त भएपछि सबैभन्दा खेल्न सकिने ठाउँ नै भागबण्डाको रोग थियो, हो। ओली र प्रचण्डका चरित्रगत कमजोरी पनि आफ्ना ठाउँमा रहने नै भए। प्रचण्ड कहिल्यै पनि शीर्ष सत्ताभन्दा धेरै समय बाहिर रहनसक्ने पात्र होइनन् भने ओली अत्यधिक ‘इगो’ भएका नेता हुन्। झन्डै–झन्डै सकिइसकेको माओवादी आन्दोलनको साखको बीउ एमालेमा जोड्नका रूपमा हालिइसकेपछि एकीकृत शक्ति आफ्नो हातमा पार्न प्रचण्डले कुर्नै सकेनन्। यही अधैर्यताबीच उनले आधा–आधा कार्यकाल सरकार चलाउने भन्ने प्रेमकालीन सहमति बाहिर ल्याए। भारत र चीनलाई बराबर ‘इन्गेज’ गरेर ओलीलाई दबाबमा पार्ने उनको रणनीति थियो। चीनलाई ढुक्क पार्ने काममा उनका अनन्य मित्र तत्कालीन सभामुख कृष्णबहादुर महरा सबैभन्दा बढी क्रियाशील देखिन्थे। माधव नेपाल र झलनाथ खनालहरूको उठबस पनि उत्तरमुखी देखिँदै गयो। सोही अवस्थामा महरा प्रकरण भयो–गराइयो, चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण सम्मुखमै।

नेपालमा स्वाभाविक राजनीतिक सम्बन्धमात्र कायम गर्न खोजेको आभास गराएर प्रचण्डलाई भरथेग गर्ने र माधव नेपाललाई सहानुभूति प्रकट गर्ने नीतिमा अगाडि बढेको दिल्ली गत वर्ष ओलीले नै सांसद अपहरण र उपेन्द्र यादवको पार्टी फोर्ने काम गर्न खोजेपछि झस्कियो। फलस्वरूप रातारात राजपा जन्माइयो। त्यसैबीच लिम्पियाधुरासम्मको भूभागमा नेपालको स्वामित्व रहेको सवालमा संसदबाट चुच्चे नक्सा संविधानमा समेटिएपछि यो द्वन्द्व ‘क्लाइमेक्स’ मा पुग्यो। प्रचण्डले ओलीको प्रतिरोधमा खरो अडान कायम गर्न नसकेको विषय त्यतिबेला दक्षिणी कित्तामा निकै खट्कियो। यो नै ‘टर्निङ प्वाइन्ट’ थियो, दक्षिणले नेपाल कार्यनीतिमा परिवर्तन गर्नुपर्ने महसुस गरेको। जसको फलस्वरूप रअ प्रमुख सामन्त गोयलले अचानक नेपाल भ्रमण गरेर ओली र प्रचण्ड दुवैलाई भेटे। त्यसकै जगमा संसद विघटन हुँदै आजसम्मको संविधान नै सिध्याउनेसम्मको मार्गचित्रमा राजनीति अगाडि बढयो।


पुस ५ को संसद विघटनको निर्णयपछाडि ओली, देउवा र अन्य महत्वपूर्ण संरचनाका व्यक्तिहरूलाई पनि एउटै लाइनमा उभ्यायो कसले? यो प्रबन्ध त नेपालभित्रकै शक्तिले गर्‍याे भनेर त पत्यार मान्न सक्दै सकिँदैन। विघटनको तीव्र विरोधसँगै चुनावी वातावरण बन्न नसक्दा सर्वोच्च अदालतबाट बदर हुने अवस्था बन्यो। सर्वोच्च अदालतकै अर्को निर्णयबाट साबिक एमाले र माओवादीको कित्ताकाट गरियो, जुन रिट निवेदकको दाबीमै नपरेको विषय थियो। यी सबै चल्दै गर्दा ओली पनि संविधानका व्यवस्थाहरूलाई पुछनी नगर्ने पारामा हिँडेको हिँड्यै भए। उनको आत्मबल एकदमै उच्च देखिँदै आएको छ। जुन स्वाभाविक छैन। उनको पूर्णअनुकुलता निम्ति जसपा पनि खुलेयाम विभक्त भयो। महन्थ ठाकुरले हरेक प्रमुख निर्णय अगाडि कहाँ गए, के गरे, कोहीबाट छिपेको छैन।


यो फेहरिस्तमा दक्षिणी छिमेक भारतको भूमिकालाई जोडेर व्याख्या गरिनुको एउटा विशेष अर्थ छ। हाम्रा नेताहरू प्रयोग भइदिन रुचाउँछन्, जति पनि तयार छन्। वाम एकीकरणको ‘स्पिरिट’ लत्याएर सत्ता र पार्टी हत्याउने लोभमा प्रचण्ड कतिसम्म प्रयोग भएछन् त? प्रचण्डको यो व्यवहार चाहिँ ठिक हो र? उनका मानिसलाई पनि ओलीले मन्त्री बनाएकै थिए। उनले किन धैर्य गर्न सकेनन्? जनमतको कदर गर्नुपर्ने उनको चाहिँ दायित्व होइन र? अहिले तिनै प्रचण्ड भारतका आँखामा सबैभन्दा परित्यक्त पात्र बनेका छन्। जनयुद्ध नामक हिंसात्मक विद्रोहभरि आश्रयसहित हतियार ओसारपसार गर्न दिने सुविधा प्रचण्डले कहाँबाट पाएका थिए? यो त ‘ओपन सेक्रेट’ हो। अब हेर्दै जाऔं, प्रचण्डको भाग्यलीला कसरी अगाडि जाने हो।

ठिक छ, हामीले अहिले ओली र भण्डारीलाई गाली गरिरहेका छौं। यसपछाडि यावत जायज कारण छन्। तर, यो अवस्था निम्त्याउनमा प्रचण्डको दोष कम्ति छ र? खासमा नेपाललाई घोर अस्थिरता र हिंसाको भूमरीमा जाक्ने अपराधका मूलपात्र नै प्रचण्ड हुन्। उनकै पिठ्युँमा चढाएर गणतन्त्र नामक व्यवस्था ल्याइयो तर उनले त्यसमा पनि यही चरित्र दोहो¥याए जुन बोकेर उनी दिल्लीका अपार्टमेन्टमा बस्दै नेपालमा रगतको खोलो बगाउने आदेश दिन्थे।

वास्तवमा विवेकशील भएर सोच्ने हो भने मुलुक र जनताको हित कुनै तन्त्र विशेषले गर्ने होइन। यो नेताहरूको आफ्नो भूमि र जनताको उच्चतम हित सोच्ने क्षमतामा भरपर्ने विषय हो। उनीहरूले आफ्नो सामथ्र्य गुट परिचालन, अकुत धनार्जन र अमुक विदेशी शक्तिसँगको साँठगाँठमा मात्रै खर्चेका छन्। उनीहरूले आजका दिनसम्म नेपाल र भारतको सीमा नियमन गरिनुपर्ने विषयसमेत आत्मसात गरेका छैनन्। सीमा नियमन गरिएको हुँदो हो त न आपतमा स्वदेश फर्कन चाहने प्रवासी नेपालीको यस्तो हालत हुन्थ्यो न महामारीले नै यस्तो रूप लिनसक्थ्यो। हाम्रा नेताहरू समस्याको जरामा गएर राष्ट्रिय हितलाई सर्वोपरी मानेर काम गर्ने संस्कृतिमा जानै चाहँदैनन्, बुझ्नै चाहँदैनन्। .नेपाली जनताको आँखै अगाडि यो नियति छताछुल्ल हुनु निकै महँगो पाठ हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन दुई कम्युनिस्ट घटक अहिले झापामा तछाडमछाड गरिरहेका छन्। झापा क्षेत्र

मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि