ख्वपमा अक्सिजन प्लान्ट : खोजेको सहयोग १ करोड २० लाख, उठ्यो ३ करोड २० लाख


विचार
आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत


भक्तपुर–भक्तपुर नगरपालिकाले ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट राख्न एक करोड २० लाख रुपैयाँ आवश्यक भएको भन्दै सहयोगका लागि नगरबासीसँग अपिल गरेको थियो। तर दुई सातामै प्लान्ट राख्न चाहिनेभन्दा तेब्बर सहयोग प्राप्त भएको छ।

अक्सिजन प्लान्ट जडान गर्न सोमबारसम्म तीन करोड २० लाख ८२ हजार रकम उठिसकेको नगरपालिकाले जानकारी दिएको छ। दुई साताअघि नगरप्रमुख सुनील प्रजापतिले सरकारले सहयोग नगरेको भन्दै सहयोगका लागि नागरिकस्तरमा आह्वान गरेका थिए।
सोमबार अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरणको व्यवस्था गर्न ७३ लाख ७० हजार २ सय ५४ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको भक्तपुर नगरपालिकाका उपप्रमखु रजनी जोशीले जानकारी दिइन्।

भक्तपुर नगरपालिका ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले बढी रकम उठेपछि अक्सिजन बाँकी रुपैयाँ भेन्टिलेटर, आइसीयू तथा अरु स्वास्थ्य उपकरण खरिद गर्ने बताए। उनले सहयोगका लागि आएको रकम सबै स्वास्थ्य उपचार खरिदमा खर्च गर्ने योजना रहेको बताए। साथै उनले अक्सिजन प्लान्टका लागि चाहिने ट्रान्सफर्मर आइसकेको जानकारी गराए। ‘जडान गर्ने काम भइरहेको छ, बाँकी उपकरण आज भोलिसम्म आइपुग्छ,’ उनले भने।

भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालमा बैशाख १७ गतेदेखि ५० बेडको आइसोलेसन र २५ बेडको एचडियू सञ्चालन हुँदै आएको छ।

नगरप्रमुख प्रजापतिले नेपाल सरकारसँग भेन्टिलेटर, आइसियु र अक्सिजन प्लान्टका पटकपटक माग गर्दा पनि सरकारले सहयोग नगरेको बताए। ‘सरकारले वास्ता नगरेपछि आफैंले स्रोत जुटाई अक्सिजन प्लान्ट, भेन्टिलेटर र आइसीयूको व्यवस्थाका लागि अगाडि बढ्यौं,’ उनले भने।
सहयोगका लागि आव्हान गरेपछि सोचेभन्दा बढी सहयोगी हातहरु भएको उनले बताए। ‘ती सबै सहयोगी संस्था र महानुभावहरुलाई भक्तपुर नगरपालिकाका तर्फबाट धन्यवाद दिन्छौं,’ उनले भने। आगामी दिनमा भक्तपुर नगरपालिकाको कोषमा रकम जम्मा गर्न चाहने व्यक्ति तथा संघसंस्थाहरूले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं ०१९०३०००००७००२०००००३ मा जम्मा गर्न अथवा भक्तपुर नगरपालिकामा उपलब्ध गराउन नगरपालिकाले अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले