मिदासको ‘मेरो डाक्टर’ निःशुल्क अनलाइन भिडियो परामर्श


विचार
आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश

आयाेमेल संवाददाता
अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं…

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको


काठमाडौं-

कोभिड–१९ महामारीसँगै जारी निषेधाज्ञाले हिँडडुलमा कठिनाइ भई धेरै बिरामी आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले ‘मेरो डाक्टर’ एपमार्फत निःशुल्क अनलाइन भिडियो परामर्श सुरु गरेको छ।

समयमै उपचार वा परामर्शबाट वञ्चित हुनुपर्दा बिरामीको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिम न्यूनीकरण गर्न र चिकित्सक वा अस्पतालसँग बिरामीको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीको भनाइ छ।

नेपालका सयौं कन्सल्टेन्ट डाक्टर र कयौं अस्पताल यस एपमा उपलब्ध हुने हुँदा जुनसुकै रोगका बिरामीले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिज प्रालिका प्रबन्ध निर्देशक छत्रहरि कार्कीले बताए।

निषेधाज्ञाका बेला पनि अतिरिक्त सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकले यस एपमार्फत स्वास्थ्य सेवा परामर्श दिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। यसबाट बिरामीको समय र पैसा दुवै बचत भई अस्पतालमा हुने अनावश्यक भीड कम गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ।

मिदासका अनुसार कोभिड महामारीमा मात्र होइन, विशेषज्ञ चिकित्सकसँग एवं अस्पतालसम्म आई परामर्श लिन सामान्य समयमा समेत विविध कठिनाइ हुने गर्छन्। भौगोलिक विकटता तथा बिरामी अस्पतालसम्म जाने अनुकूल अवस्था कुरेरै बस्ने चलन छ। यस्तो अवस्थाबाट मुक्तिका लागि र रोगलाई थप बल्झिन नदिन यस्तो अनलाइन भिडियो सेवा उपयोगी हुनेछ। सामान्यतया रोगले च्यापेर थला नपरी अस्पताल वा डाक्टरको सम्पर्कमा जान नचाहने अधिकांशलाई यो अनलाइन भिडियो परामर्श उपयोगी हुनेछ।

यो सेवा कसरी लिने?
बिरामीले मोबाइल अथवा ल्यापटप मार्फत अनलाइन भिडियो परामर्श लिन चाहेको डाक्टरको समय कुनै पनि समय र स्थानबाट लिन सक्छन्।

एन्ड्रोइड फोन प्रयोगकर्ताले गुगल प्ले स्टोरमा गएर सजिलै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्छन् भने आइओएस फोन प्रयोगकर्ताले एप्पल स्टोरमा गएर तुरुन्तै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्छन्।

ल्यापटप वा डेस्कटपबाट यो सेवा लिन मेरोडाक्टर डटकम लगइन गर्नुपर्छ। यदि कुनै पनि ग्याजेट वा इन्टरनेट सुविधा उपलब्ध नभए पायक पर्ने फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवा लिन सकिन्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने

आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो