ख्वप अस्पतालको आइसोलेसनमा सबै सुविधा निःशुल्क


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धिन लागेको माओवादीलाई आफूले

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


भक्तपुर–कोरोना महामारीको यो समयमा अहिले सबैतिर आइसोलेसन सञ्चालन गरिएका छन्। जसमा कुनै आइसोलेसन निःशुल्क, कुनैमा खाना निःशुल्क त कुनैमा दिउँसो खाजा निःशुल्क गरेको समाचार सार्वजनिक हुने गरेका छन्। तर भक्तपुर नगरपालिकामा यस्तो एउटा आइसोलेसन छ, जसमा खाना, बस्ने, औषधि, अक्सिजनमात्रै होइन वाइफाईसमेत सबै निःशुल्क गरिएको छ। यो सबै सम्भव बनाएको हो भक्तपुर नगरपालिकाले।

भक्तपुर नगरपालिकाद्धारा संचालित ख्वप अस्पताल ब्रम्हायणीको आइसोलेसन केन्द्रमा बस्न आउने विरामीका लागि सबै सेवा निःशुल्क गरिएको छ। जति दिन बस्नुहुन्छ, त्यतिन्जेलसम्मको सबै सेवा निःशुल्क छ।

आइसोलेसन केन्द्रमा खान, बस्न, अक्सिजन तथा औषधिसमेत निःशुल्क दिइरहेको जनस्वास्थ्य सेवा केन्द्रका इन्चार्ज रत्नसुन्दर लासिवाले बताए। उनले औषधिमा परासिटामोल, भिटामिन बी कम्प्लेक्स र भिटामिन सी दिइरहेको जानकारी दिए। साथै अक्सिजन चाहिने विरामीका लागि पनि अक्सिजन निःशुल्क उपलब्ध गराइरहेको उनले बताए। ‘हाम्रो आइसोलेसन केन्द्रमा आउँदा लगाउने लुगाबाहेक अरु केही ल्याउनुपर्दैन,’ उनले भने।

आइसोलेसनमा हरेक दिन चार पटक खाना खुवाउने गरिएको छ। उनले विहानको खाजा, लन्च, दिउँसोको खाजा र बेलुकीको खाना गरी चार चोटी निःशुल्क खुवाउँदै आएको सुनाए। उनले कोरोनाको पहिलो लहरमा ९७ जनालाई सेवा दिएको बताए। साथै उनले विरामीलाई प्रयोग गरिने अक्सिजन पनि निःशुल्क नै प्रदान गर्दै आइरहको बताए। साथै चार पटकको खाजाबाहेक प्रोटिनका लागि दुई दिन फलपूmल र चार दिन सुप बनाएर खुवाउने गरेको उनले बताए।

आइसोलेसनमा बस्न आउनेहरुका लागि घरसम्म लिन जाने र निको भएपछि घरसम्मै पु¥याउन जाने सुविधा दिँदै आएको उनी सुनाउँछन। उनले आइसोलेसनमा आएका विरामीलाई गाह्रो भएको खण्डमा रिफर गरेको अस्पतालसम्म पु¥याइदिने गरेको उनी बताउँछन। ‘केही गरी आइसोलेसनमा नभएको उपचार अर्को अस्पतालमा जाँच गराउनुपरेको खण्डमा पनि विरामीलाई अस्पताल पुर्‍याएर जाँच गराई फेरि आइसोलेसनमै फर्काउने गरेका छौं,’ उनले भने, ‘हामीकहाँ जस्तो सुविधा अरु कुनै आइसोलेसनमा देख्नुभएको छ?’

आइसोलेसनमा एक जना बिरामीका लागि एउटा पानी तताउने जग र पल्स अक्सिमिटर सबैलाई वितरण गरिएको छ.। बिरामीको आत्मबल बढाउन हप्तामा २ दिन जुमबाट सम्बन्धित विशेषज्ञ डाक्टरहरु ल्याएर होम आइसोलेसन र आइसोलेसनका विरामीलाई परामर्श दिने काम भइरहेको उनले बताए। साथै विरामीहरुलाई दिन काट्न पत्रपत्रिका, टेलिभिजन र फ्रि वाइफाईको व्यवस्था गरिदिएको उनले सुनाए। आइसोलेसनमा ख्वप अस्पतालबाट दैनिक २२ जना स्वास्थ्यकर्मीहरु खटिँदै आएका छन्।

आजसम्म ख्वप अस्पतालको आइसोलेसनमा दोस्रो लहरमा एक सय ६८ जनाले सेवा पाइरहेका छन। जसमा ९३ पुरुष र ७५ जना महिला रहेका छन। जसमा निको भएर घर फर्किएका ९६ जना रहेको भक्तपुर नगरपालिका ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले बताए। जसमा महिला-पुरुष ४८-४८ रहेको उनले बताए।

अहिले आइसोलेसनमा जम्मा ४१ जनाले सेवा लिइरहेको उनी बताउँछन्। जसमा २५ जना पुरुष र १६ महिला छन्। अहिलेसम्म यहाँं कुनै पनि विरामीले मृत्युवरण गर्नुपरेको छैन। अहिले अक्सिजन अभाव हुन नदिन नगरपालिकाले अक्सिजन प्लान्ट बनाउने काम गरिरहेको छ ।
भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालमा बैशाख १७ गतेदेखि ५० बेडको आइसोलेसन र २५ बेडको एचडियू सञ्चालन हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धिन लागेको माओवादीलाई आफूले पार लगाउँदा उल्टै आक्रमण गरेको आरोप लगाएका छन्। नेपाल टेलिभिजनलाई

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने