काठमाडौंका जोखिम ठाउँमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु


विचार
आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको


काठमाडौं – कोरोना संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न ठाउँमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ। महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन्। यसको सुरुवात कालीमाटी तरकारी तथा फलफुल बजारबाट भएको हो।

‘स्वास्थ्य मन्त्रालय र सिसिएमसीले अहिलेसम्म संक्रमणको दर उच्च रहेका ठाउँहरुको पहिचान गरेको छ। यसरी पहिचान भएका ठाउँहरुमा गएर बृहत परीक्षण हुनेछ’, महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले भने, ‘संक्रमणको सक्रिय अवस्था थाहा पाउनका लागि यो उपयुक्त विधि हो।’

‘परीक्षण गरिएका सबै व्यक्तिहरुलाई रिपोर्ट नआउञ्जेल आइसोलेसनमा बस्न भनेका छौं’, महाशाखाका ल्याब टेक्निसियन निरीक्षक भोला अधिकारीले भने, ‘परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ।’

उनका अनुसार कसैको शरीरमा भाइरसको प्रवेश भइसकेपछि लक्षण देखिन पाँच दिनसम्म लाग्न सक्छ। त्यसअघि (लक्षण देखिनुअघि) कसैमा संक्रमण छ कि छैन भनेर थाहा पाउन यो परीक्षण प्रभावकारी छ। पहिलो चरणमा करिब १० हजार व्यक्तिको एन्टिजेन्ट परीक्षण गरिनेछ।

‘तरकारी बजारसहित अहिले पनि धेरै मानिसहरु भेला हुने ठाउँलाई पहिला प्राथमिकतामा राखेका छौं’, महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीले भने,‘तरकारी बजारपछि धेरै संक्रमण देखिएका वडाहरुमा परीक्षण गराउने योजना छ।’
परीक्षणका लागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले