भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु


विचार
आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा

आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको

आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको


बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप वेड सञ्चालनमा आएको अस्पतालले जनाएको छ।

लिलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानको सहयोगमा निर्मित आकस्मिक कक्षमा चैतको अन्तिम सातादेखि सेवा सुरु गरिएको थियो। ५५ सय वर्गफिटमा निर्मित भवन करिब ३ करोड ५० लाखको लागतमा निर्माण गरिएको हो।

दुई तले अत्याधुनिक आकस्मिक भवन स्वास्थ्य मन्त्रलायको मापदण्ड अनुसार बनेर सेवा सुचारु भएपनि प्रतिष्ठानले यस्तो महामारीको बीचमा केही जनतालाई थप सहयोग होस् भन्दै तीनवटा आइसियुसहित १५ वटा वेड संचालनमा ल्याएको हो।

हाल जडित तीनवटा आइसियु वेडमध्ये दुईवटामा जर्मन टेक्नोलोजीको भेन्टिलेटर र १२ वटा वेड एचडियु अक्सिजन पाइपलान र मोनिटरसहितको रहेको प्रतिष्ठानका सचिव विष्णु न्यौपानेले बताए।

एचडियु स्तरको वेडमा पनि मोनिटरसहितको व्यवस्थापन गरिने उनले बताए। न्यौपानेले भने, ‘अहिले आकस्मिक भवनमा लिफ्ट पनि जडान गरी संचालनमा ल्याएका छौं। अस्पतालमा प्रयोग हुने विशेष किसिमको स्ट्रेचर लिफ्ट जडान भई सुचारु गरेका छौं। तल्ला थपसँगै स्तोरन्नती गर्न मिल्ने उक्त लिफ्ट १३ जनासम्म बोक्न मिल्छ। ७ तल्लासम्म काम गर्न मिल्ने भए पनि हाललाई २ तल्लामा प्रयोग गरिएको छ।’

गत चैतको अन्तिम साता प्रतिष्ठानले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितीमा भीम अस्पताल हस्तान्तरण गरेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा महत्वपूर्ण जित निकाल्दै अष्ट्रिया नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार

विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क