भारतमा चुनावले निम्त्याएको गम्भीर परिणाम : १६२१ शिक्षकले गुमाए ज्यान


विचार
आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको

आयोमेल संवाददाता
हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको


काठमाडौं – उत्तर प्रदेशमा भएको पञ्चायत चुनावमा खटिएका १६२१ शिक्षकको कोरोना संक्रमणबाट निधन भएको तथ्यांक बाहिर आएको छ।
उत्तर प्रदेशको प्राइमरी टिचर एसोसिएसनले उपलब्ध गराएको तथ्यांकमा चुनावमा खटिएका १६२१ शिक्षकमा संक्रमण भएको र संक्रमणकै कारण उनीहरुको निधन भएको उल्लेख छ।

एसोसिएसनले मृतक शिक्षकहरुको लिस्ट प्रदेशका मुख्यमन्त्रीलाई पठाएको छ। उसले मृतकका परिवारलाई एक करोड भारतीय रुपैयाँ क्षतिपूर्तीको माग गरेको छ भने घरका एक सदस्यलाई रोजगारी दिन माग गरेको छ।

सबैभन्दा बढी अजमगढ जिल्लाका शिक्षकको निधन भएको छ। त्यहाँका ६८ शिक्षकको मृत्यु भएको छ भने त्यसपछि गोरखपुरका ५० शिक्षकको मृत्यु भएको छ।

एसोसिएसनले यसअघि नै मुख्यमन्त्रीलाई पत्र पठाउँदै चुनाव रोक्न आग्रह गरेको थियो। तर, सरकारले चुनाव गराएरै छोड्यो। त्यसपछि पुनः मतपरिणाम गणनाका लागि एसोसिएसनले शिक्षकलाई सहभागी नहुन आग्रह गरेपनि प्रदेश सरकारको चर्को दबाबका कारण उनीहरु सहभागी हुन बाध्य भएका थिए।

सरकार र निर्वाचन आयोगले चुनाव र मत गणनामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने शिक्षकलाई आश्वासन दिएपनि त्यस्ता कुनै सावधानी नअपनाइएको एसोसिएसनले जनाएको छ। सरकारको असावधानीका कारण यति ठूलो संख्यामा शिक्षकले ज्यान गुमाउनुपरेको आरोप पनि एसोसिएसनको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले

भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका रुपमा परिचित हुँदैथियो। साँझ पर्नेबित्तिकै झिलिमिली हुने यो बजार असार