महामारीमा सरकारी अकर्मण्यताः प्रदेश सरकारविरुद्ध जनकपुरमा प्रदर्शन


विचार
आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको

आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम


जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।

प्रदेश २ का साथै मुलुकभर कोरोना संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या वृद्धि भइरहँदासमेत संघ र प्रदेश सरकारका सरोकारवाला मन्त्रीहरू गम्भीर नबनेको भन्दै युवाहरूले राजीनामा माग्दै प्रदर्शन गरेका हुन्।

कोरोना नियन्त्रण र रोकथामका लागि गम्भीर बन्नका साथै अक्सिजन, आइसीयू, भेन्टिलेटरलगायतका अतिआवश्यक सामग्रीहरूको व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन्।

प्रादेशिक अस्पताल जनकपुरको गेटमा प्लेकार्ड बोकेर नेविसंघका पूर्वकेन्द्रीय सदस्य कपिलदेव यादवको अगुवाइमा उनीहरू एक घण्टा मौन प्रदर्शन गरेका छन्।

स्वास्थ्यमन्त्री त्रिपाठीको उदासीनता र प्रदेश २ का सामाजिक विकासमन्त्री साहकाे कमिसन मोहका कारण कोरोना महामारी भयावह बन्दै गइरहेको यादवले बताए।

आफ्नै मातहतमा आइसकेको प्रादेशिक अस्पतालमा समेत संक्रमितहरूले उपचार पाउन नसक्नु प्रदेश सरकारको यो भन्दा बढी लाचारी अरू केही हुन नसक्ने उनको भनाइ छ।

आफूहरूले अस्पताललाई व्यवस्थित गर्न, निजी अस्पतालमा सुलभ दरमा उपचारको व्यवस्था मिलाउन, अक्सिजन, भेन्टिलेटर, आइसीयूको व्यवस्था गर्न, स्वास्थ्य क्षेत्रमा बजेट खर्चिन माग राख्दै सांकेतिक प्रदर्शन गरेको यादवले बताए।

कोरोना महामारीका कारण आमजनताले भोगिरहेको समस्याप्रति दुबै तहका सरकार गम्भीर नभए कडा आन्दोलन गर्न बाध्य हुने उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु