भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु


विचार
आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको

आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम


भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ। अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतम र अध्यक्ष मिलन सुवालको पहलमा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्न लागेको हो।

मेसु डा गौतमले करिब ४ हजार लिटर दैनिक अक्सिजन आपूर्ति हुनसक्ने प्लान्ट स्थापना गरिने जानकारी गराइन्। यसका लागि बागमती प्रदेश सरकारको मन्त्रिपरिषदबाट निर्णय भएको उनले बताइन् । करिब २ करोड लागतमा युएस कम्पनीको प्लान्ट जडान हुने र यसले दीर्घकालीन रुपमा अक्सिजन आपूर्तिको समस्या केही हदसम्म समाधान हुने मेसु गौतमले विश्वास व्यक्त गरेकी छन्। गौतमले तत्काल अक्सिजन प्लान्ट जडानका लागि निर्णय गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेपनि भर्खरै मात्र मन्त्रिपरिषदबाट उक्त निर्णय भएको बताइन्।

सजिलो बेलामा सबैले जस लिन खोजे पनि स्वास्थ्य संकटको यस घडीमा अस्पताललाई सहयोग गर्नेहरु कम देखिएका मेसु गौतमको गुनासो छ। राज्यका सबै अंग सक्रिय हुने र सबैले उत्तिकै महत्वका साथ कोभिडविरुद्धको लडाइँमा सामेल हुने हो भने मात्र यसलाई परास्त गर्न सकिने उनको भनाइ छ। अन्यथा अस्पताल र स्वास्थ्यकर्मीले मात्र सम्भव नहुने उनको भनाइ छ। मेसु डा गौतमले भक्तपुर अस्पतालका आधा दर्जन स्वास्थ्यकर्मी समेत संक्रमित रहेको जानकारी दिंदै यस विषम परिस्थितिमा अस्पताललाई आफ्नै सम्झेर हौसला र सहयोगका लागि अपिल गरेकी छिन्।

अस्पतालका अध्यक्ष मिलन सुवालले निरन्तरको फलोअप र आवश्यकताको अनिवार्यताबारे अवगत गराइएपछि उक्त निर्णय गराउन सफलता प्राप्त भएको बताए। हाल भक्तपुर अस्पतालमा कोभिड संक्रमित ६५ बिरामीले उपचार सेवा पाइरहेका छन्। १५ बेड अक्सिजन अभावले बन्द गरिएको अवस्था छ।

शुक्रबारबाट भक्तपुरमा मध्यपुर थिमी नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले पनि आफैँ अक्सिजन उत्पादन सुरु गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु