पुरातत्वविद डा. साफल्य अमात्यको कोरोना संक्रमणबाट निधन


विचार
आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको


काठमाडौं–

विख्यात पुरातत्वविद, इतिहासकार तथा सांस्कृतिक सम्पदा विज्ञ डा. साफल्य अमात्यको कोरोना संक्रमणका कारण निधन भएको छ।

एक साताअघि कोरोना संक्रमण पुष्टि भएपछि राजधानीको ट्रमा सेन्टरमा उपचारका लागि भर्ना भएका ७८ वर्षीय अमात्यको अक्सिजन अभावका कारण बिहीबार दिउँसो १ बजे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

अक्सिजन अभाव भएपछि अक्सिजन व्यवस्था गरे पनि उनलाई बचाउन नसकिएको परिवारले जनाएको छ।

सँगै कोरोना संक्रमित उनकी श्रीमती माधुरी पनि अक्सिजन लिएर घरमै उपचार गरिरहेकी छिन्। उनको पनि अवस्था गम्भीर रहेको परिवारले जनाएको छ। अमात्यका एकमात्र सन्तान (छोरा) बेलायतमा छन्।

२००० सालमा आनन्दप्रसाद अमात्य र हरिप्रिया माथेमा अमात्यको कोखबाट जन्मिएका साफल्य पूरातत्व विभागका महानिर्देशक पनि भएका थिए।

अमात्यले सांस्कृतिक संरक्षण र नेपाली कला सम्वर्द्धनमाथि सयौं प्रतिवेदन, शोधपत्र, कार्यपत्र, लेखरचनादेखि दर्जनौं पुस्तक लेखेका छन्।

साफल्यले कला र संस्कृतिसम्बन्धी लेखेको केही पुस्तक पिल्ग्रिम्स बुक हाउसले प्रकाशित गरेको छ। तीमध्ये ‘मोनुमेन्ट कन्जर्भेसन इन नेपाल’, ‘आर्ट एन्ड कल्चर अफ नेपाल’, ‘आर्कियोलोजिकल एन्ड कल्चरल हेरिटेजेज अफ काठमान्डु भ्याली’, ‘राणा रुल इन नेपाल’, ‘बागमती सभ्यता’ लगायत पुस्तक प्रख्यात छन्।

साफल्यले नेपाली कला, संस्कृति र इतिहास संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली र अंग्रेजी दुवै भाषामा बेजोड लेख्न सक्थे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा