राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित


विचार
आयाेमेल संवाददाता
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र…

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा

आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय सहितको आज बसेको बैठकले कोरोना महामारीले अवस्था भयावह बन्दै गएको भन्दै महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको हो।

बैठकले महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने जनाएको छ।

यस्तै कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा राप्रपाले चिन्ता व्यक्त गरेको छ। उसले अस्पतालमा देखिएको बेड अभाव, अक्सिजन आपूर्तिको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीले मृत्युदर बढिरहेको भन्दै त्यसका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटाउन सरकारसँग माग पनि गरेको छ।

राप्रपाले निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकता देखाउन सरकारलाई आग्रह गरेको छ। आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन उसले पार्टीका सबै तहका नेता, कार्यकर्तालाई अपिल पनि गरेको छ।

राप्रपाले पार्टीको निर्देशन समिति पाँच दिन भित्र गठन गर्ने निर्णयसमेत गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा महत्वपूर्ण जित निकाल्दै अष्ट्रिया नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार

विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई