जसपा विवाद

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव


विचार
आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको छ। पार्टीको विधि र विधान मिचेर दलको नेता छानिएको भन्दै बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको हो।

जसपाले संसदीय दलको नेतामा वरिष्ठ नेता राजेन्द्र महतोलाई चयन गरिएको जनाएको छ। साथै संसदीय दलको नेतामा चयन भएको भन्दै पार्टी अध्यक्ष महन्थ ठाकुरले सामाजिक सञ्जाल फेसबुकमार्फत महतोलाई बधाइ दिएका छन्।

बाबुराम–उपेन्द्र पक्षीय कार्यकारिणी सदस्य रामसहाय यादवले संसदीय दलको नेता चयन गरिएको भन्ने कुरा फर्जी रहेको बताए।

‘त्यो त फर्जी हो, जालसाजी हो। उहाँहरूले जुन सांसद कल्लु देवीले हस्ताक्षर गरेको दाबी गरिरहनु भएको छ उहाँले हस्ताक्षर नै गर्नुभएको छैन,’ यादवले आयोमेलसँग भने, ‘उहाँले हस्ताक्षर नै नगरेका भनिरहनु भएको छ। यो सब जालसाजी काम हो।’

संसदीय दलको नेता चयन गर्न विधान र प्रक्रियासमेत नमिलेको उनको दाबी छ।

‘अहिले संसदीय दलको विधान बनेको छैन। संसदीय दलले विधान पारित गरिसकेपछि केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन गराउनुपर्ने हुन्छ,’ उनले भने, ‘अनुमोदन भइसकेपछि संसदीय दलको प्रक्रिया अगाडि बढेमात्रै नेता चयन गरिन्छ।’

‘अहिलेसम्म प्रक्रिया नै पूरा भइसकेको छैन भने संसदीय दलको नेता कसरी हुन्छ?,’ यादवले प्रश्न गर्दै भने, आफैंले आफूलाई संसदीय दलको नेता घोषणा गर्दै हिँड्ने? विधान, विधि केही जरूरी नपर्ने?, न हामीलाई केही जानकारी छ। न विधि, न प्रक्रिया केही अपनाइएको छ। त्यसकारण यो सबै फर्जी हो।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले