जसपा संसदीय दलको नेतामा महतो


विचार
आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको

आयोमेल संवाददाता
हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको


काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको बैठकले महतोलाई दलको नेतामा चयन गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पेश गरेको अविश्वास प्रस्तावको पक्ष र विपक्षमा बाँडिएका बेला जसपाले दलको नेतामा महतोलाई चयन गरेको छ।

कुल ३२ मध्ये २० सांसदको सहमतिमा उनलाई दलको नेता चयन गरिएको जसपाका एक सांसदले जानकारी दिए। ‘हिजो रिसोर्टमै बसेको बैठकले महतोजीलाई संसदीय दलको नेता चयन गरेको छ,’ ती नेताले भने,‘निर्णयमा २० जना सांसदहरूले हस्ताक्षर गर्नुभएको छ।’

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएर जसपा बनेको एक वर्षपछि संसदीय दलको नेता चयन भएको छ। पार्टी एकीकरणकै बेला जसपा अध्यक्ष महन्थ ठाकुरले महतोलाई संसदीय दलको नेता बनाउने सहमति गरेका थिए।

केही दिनअघि दलकै नेता चयन गर्न बसेको बैठकमा सहमति हुनसकेको थिएन। जसपा संसदीय दलका नेताका लागि अर्का अध्यक्ष उपेन्द्र यादवले पनि इच्छा व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले

भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका रुपमा परिचित हुँदैथियो। साँझ पर्नेबित्तिकै झिलिमिली हुने यो बजार असार