प्रधानमन्त्री ओलीले लिए सपथ


विचार
आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको

आयोमेल संवाददाता
हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको


काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा आयोजित एक समारोहबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६(३) बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा पुनःनियुक्त गरेकी हुन्।

वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए। सोही दिन राष्ट्रपति भण्डारीले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमतको संयुक्त सरकारका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन्।

तर, बहुमतको संयुक्त सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमामा कसैको दाबी नआएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिएकी हुन्।

प्रतिनिधिसभामा अहिले नेकपा एमालेको १२१ मत छ। जनता समाजवादी पार्टीले तत्काल सरकारमा जाने रुची नदेखाएपछि ओली अल्पमतको सरकारका प्रधानमन्त्री बनेका हुन्। योसँगै अब ओलीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

जसपाको महन्थ ठाकुर समूहले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने र एमालेको खनाल–नेपाल समूहले पनि राजीनामा नदिने भएपछि अन्तिम अवस्थामा आएर बहुमतीय सरकारको दाबी गर्नबाट कांग्रेस सभापति शेरबहादुर देउवा पछि हटेका थिए। ओलीले ठाकुर समूह र असन्तुष्ट खनाल–नेपाल समूहलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिररहेका बताइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले

भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका रुपमा परिचित हुँदैथियो। साँझ पर्नेबित्तिकै झिलिमिली हुने यो बजार असार