महेश र सुरजले यसरी गरेका थिए जसपा सांसदहरुका लागि रिसोर्ट व्यवस्थापन


विचार
आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको

आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको

आयोमेल संवाददाता
हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको


काठमाडौं–

बिहीबार राति करिब साढे १० बजे जनता समाजवादी पार्टी (जसपा) का एक सांसदको फोन आउँछ।

‘बधाइ छ महेश दाइ। धन्यवाद। हामी यहाँबाट निस्कँदै छौं,’ ती सांसदले फोनमा भन्छन्।

तर, वास्तवमा ती सांसदले फोन गर्न खोजको अन्यत्रै थियो। गल्तीले अर्कै ठाउँमा पुगेको रहेछ।

अन्तै फोन डायल भएको थाहा पाउनेबित्तिकै सांसदले हत्तपत्त फोन काट्छन्।

विपक्षी गठबन्धनलाई सरकार बनाउन सिंगो जसपाको समर्थन जरुरी थियो। सरकार बनाउन बाबुराम-उपेन्द्र समूह जोडतोडले लागेका थिए भने महन्थ-राजेन्द्र पक्ष कुनै पनि हालतमा बहुमत पुग्न नदिन।

त्यसैले महन्थ-राजेन्द्र जसरी पनि आफूपक्षीय सांसदहरूलाई बाबुराम-उपेन्द्रको पहुँचभन्दा टाढा सुरक्षित गर्न खोजिरहेका थिए। त्यसका लागि उनीहरूलाई जरूरी थियो सुरक्षित स्थानको।

र, महन्थ-राजेन्द्र पक्षीय सांसदहरूलाई व्यवस्थापन गर्न खटिए एमालेका युवा नेता महेश बस्नेत र युवा संघका उपाध्यक्ष सञ्जीव झा ‘सुरज’।

नेता बस्नेत र उपाध्यक्ष सुरजको व्यवस्थापनमा जसपाका २० सांसदलाई भक्तपुरको डोलेश्वर भिलेज रिसोर्ट पुर्‍याइयो।

महेश बस्नेत र सञ्जीव झा ‘सुरज’

जसपाका एक सांसदले बताएअनुसार आफ्ना सांसदहरूलाई केही घन्टाका लागि सुरक्षित स्थानमा राख्नुपर्‍यो भनेर अध्यक्ष महन्थ ठाकुरले बालुवाटार खबर पुर्‍याएका थिए।

ठाकुरले बालुवाटार गुहारेपछि बालुवाटरकै निर्देशनमा सांसद बस्नेत र युवा संघका उपाध्यक्ष सुरज परिचालन भए।

युवा संघका उपाध्यक्ष सुरज मधेशका सांसदहरूसँग राम्रै सम्बन्ध बनाउनेमा पर्छन्। सुरजको त्यही सम्बन्धलाई उपयोग गर्दै उनलाई खटाइएको स्रोतले बतायो। र, बिहान ११ बजेदेखि महन्थ-राजेन्द्र पक्षीय सांसदहरू झन्डै नौ घन्टा रिसोर्टमा बसे।

यसरी भएको थियो व्यवस्थापन
जसपा अध्यक्ष उपेन्द्र यादवले सांसदहरूलाई आफ्नो पक्षमा तान्न कांग्रेस नेता, व्यापारीलगायतलाई परिचालन गरेपछि महन्थले आफूनिकट सांसदरूलाई सुरक्षित स्थानमा राखिदिनु पर्‍यो भनेर बालुवाटार फोन गरेको जसपा स्रोतको भनाइ छ।

महन्थले फोन गरेको १० मिनेट नबित्दै युवा संघका उपाध्यक्ष सुरज बबरमहलस्थित पूर्वराजपाको पार्टी कार्यालय पुगे। महन्थले पहिले नै बोलाइसकेकाले जसपाका सांसदहरू त्यहाँ पुगिसकेका थिए।

सांसद बस्नेत भने महन्थ-राजेन्द्र पक्षबाट बाबुराम-उपेन्द्रतिर गइसकेका सांसद चन्द्रकान्त चौधरी र रुही नाजको खोजीमा लागेकाले रिसोर्ट व्यवस्थापनका लागि जनकपुर घर भएका युवा संघका उपाध्यक्ष सुरजलाई बालुवाटारले खटाएको थियो।

नेता बस्नेतले आफ्नै निर्वाचन क्षेत्रमा पर्ने डोलेश्वर भिलेज रिसोर्टमा सबै व्यवस्थापन गर्न स्थानीय नेता किरण थापालाई भनेको स्रोतको दाबी छ।
अध्यक्ष यादवले आफूपक्षीय सांसदहरू फकाउन खोजिरहेको सुइँको पाइसकेका ठाकुरलाई असहज भएको थियो।

बबरमहलस्थित पूर्वराजपाको कार्यालयबाट महन्थकै गाडीमा बसेर युवा संघका उपाध्यक्ष सुरजका साथै अन्य सांसदहरू आफ्नो गाडी चढेर रिसोर्ट पुगे। जसपा सांसद अनिल झा पनि अध्यक्ष महन्थकै गाडीमा बसेर गएका थिए।

रिसोर्ट व्यवस्थापन गरेका महेश बस्नेत जसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेतासँग रिसोर्टमा।

केहीबेरपछि अध्यक्ष यादवको नियन्त्रणमा रहेको भनिएका जसपा सांसद चन्द्रकान्त चौधरी र रुही नाजसहित नेता बस्नेत पनि रिसोर्ट पुगेका थिए। पछि रेणुका गुरुङ पनि त्यहाँ पुगेर हस्ताक्षर गरेको बताइएको छ।

रिसोर्टमा सांसद शरतसिंह भण्डारीलाई ब्रिफिङ गर्ने जिम्मा दिएर ठाकुर र महतो बाहिरिए। रिसोर्टबाट निस्केर लैनचौरस्थित भारतीय दूतावासमा केहीबेर बिताएर दुवै नेता बालुवाटर पुगेका थिए।

कोरोना लागेका जसपा सांसद लक्ष्मणलाल कर्ण र बाबु बिरामी भएकाले राजकिशोर यादव भने रिसोर्ट पुगेका थिएनन्।

राति ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा पुनः ओलीलाई नियुक्त गरेपछि रिसोर्टमै खाना खाएर करिब साढे १० बजे जसपा सांसदहरू त्यहाँबाट बाहिरिएका थिए।

सबै सांसदहरू त्यहाँबाट निस्किसकेपछि अन्त्यमा नेता बस्नेत, युवा संघका उपाध्यक्ष सुरज र सुरक्षामा खटिएका स्थानीय युवाहरू निस्केको स्रोतले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले

भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका रुपमा परिचित हुँदैथियो। साँझ पर्नेबित्तिकै झिलिमिली हुने यो बजार असार