ओली र नेपालबीच रामेश्वर थापा निवासमा वार्ता सुरु


विचार
आयाेमेल संवाददाता
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र…

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा

आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको


नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता सुरू भएको छ।

बूढानीलकण्ठको चपली घुम्तीस्थित अन्नपूर्ण मिडिया नेटवर्कका सञ्चालक क्याप्टेन रामेश्वर थापाको निवासमा उनीहरूबीच वार्ता सुरु भएको हो।

नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह ४ बजेसम्मको अल्टिमेटम दिएको थियो।

त्यसअघि ओलीले नेपाल समूहका नेताहरूकाे कारबाही फुकुवा गरिदिएका थिए।

उक्त समूहको स्थायी कमिटीका सदस्यहरुको बैठकले २०७५ जेठ ३ अघिकै अवस्थामा पार्टी संगठनलाई फर्काउन ओली सहमत नभए ४ बजेपछि राजीनामा दिने निर्णय गरेको हो ।

उक्त समूहका एक स्थायी कमिटी सदस्य भीम रावलका अनुसार जेठ ३ अघिकै स्थायी कमिटी बोलाएर अघि बढे सहमति हुनेछ ।’४ बजेसम्म कुर्छौं, त्यतिन्जेलसम्म अध्यक्ष र नेपाल कमरेडबीच पनि वार्ता हुने तयारी छ । कुरा नमिले ४ बजेपछि राजीनामा दिन्छौं,’ रावलले भने।

यस्तै अर्का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पनि ओलीसँगको वार्ताले नै सबै कुराको निर्क्याेल गर्ने बताए । त्यसका लागि वार्तासम्मको समय आफूहरु कुर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा महत्वपूर्ण जित निकाल्दै अष्ट्रिया नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार

विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई